एजेन्सी । टिभी शो ‘कसौटी जिन्दगी’मा अहिले अनुराग बसु, प्रेरणा र कोमलिकाबीच जबरदस्त कहानीको ट्विष्ट आइरहेरको छ । अहिलेसम्ममा यस शोमा प्रेरणा र अनुरागले मन्दिरमा गरेको बिहेको दृश्यलाई प्रस्तुत गरिएको छ । त्यस्तै अनुरागले बाध्यताबश कोमलिकासँग दोस्रो विहे गरेका छन् ।

शोमा यसरी अनुरागले कोमलिकासँग दोस्रो बिहे गरेपछिको जबरदस्त ड्रामा चलिरहेको छ । यसैबीच कोमलिकाको भुमिका निभाइरहेकी हिना खानले यस शो छोड्दै गरेको समाचार बाहिरिएको छ ।

शोलाई शान्दार ट्र्याकमा ल्याउने काम मुख्य भूमिका लिड गरिहरेका कलाकारहरु गरेका हुन्छन् । तर यस विषयमा मेकर्सले विशेष तयारी गरिरहेका छन् । स्पटब्बाई रिपोर्टका अनुसार कोमलिकाको अहम भूमिका निभाइरहेकी हिना खानले फिल्म प्रोजेक्टका कारण सानो पर्दाबाट टाढा हुन थालेकी छन् ।
अब यस शोको अगाडिको कहानी अनुराग बसुको बुबा बसु कोमाबाट बाहिर आउनेछन् । त्यसपछि उनले कोमलिकाको झुटको पर्दालाई उठाउनुका साथै अनुरागको बाध्याताको वास्तविकतालाई सबै सामू प्रस्तुत गर्नेछन् । अनुरागको यस खुलासापछि कोमलिकाले यस शोबाट एग्जिट गर्नेछिन् ।
हिना खानले यस शोबाट एग्जिट गर्ने योजना त बनाइन्, तर उनी यस कोमलिकाको भूमिकामा कमब्याक गर्ने कि नगर्ने भन्ने विषयमा कुनै जानकारी गराइएको छैन । अर्को तर्फ मेकर्सले कोमलिकाको भूमिकालाई रिप्लेस गर्नका लागि सुर्च गर्न थालिसकेका छन् ।
रिपोर्टका अनुसार यस शोको लागि हिना खानलाई अलिशाले रिप्लेस गर्नेछिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।