काठमाडौं । चितवनका नीलम भुसालको मुक्तकमा भनिएझैँ होली पर्व आधुनिकतासहित रङ्ग र सद्भावको उत्सवमा मिसिएको छ । परम्परागत मान्यताबाट सुरु भएको फागु पूर्णिमाका अवसरमा आज एकापसमा रङ्ग लगाउने, सद्भाव बाँड्ने र नाचगानका गतिविधिमा मानिस व्यस्त छन् ।
खासगरी युवापुस्ता बढी सक्रिय देखिँदै आएका छन् । रमाइलो मान्ने र गर्ने एक माध्यम बनेको होलीका अवसरमा शहरका विभिन्न स्थानमा म्युजिक सिष्टमसहित बनाइएका मञ्चमा उनीहरुको आकर्षण देखियो । यस्ता कार्यक्रममा कलाकारको प्रस्तुतिले उनीहरुलाई थप रोमाञ्चित बनाएयो । विभिन्न टेलिभिजन, रेडियो र संस्थाले आफ्नो कार्यालय तथा आसपासका खुला स्थानमा यस्ता कार्यक्रम आयोजना गरेका छन्, जहाँ केटाकेटीदेखि बूढाबूढीसम्म मनोरञ्जन लिइरहेका छन् ।
विगत वर्षमा जस्तो होलीका नाममा विकृति नभएको हुँदा इच्छाविपरीत पानी र जथाभावी रङ्ग हाल्ने क्रम रोकिएकाले महिला पनि यस्ता कार्यक्रममा सहजरुपमा उपस्थित भएको पाइयो । होलीकै क्रममा टोखामा व्यस्त भएका कलाकार सीताराम कट्टेल ¬‘धुर्मुस¬’ ले दर्शकलाई भरमग्धुर हसाउन व्यस्त भए ।
अर्कोतर्फ अर्का हाँस्य कलाकार मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा लाइभ प्रस्तुत भई होलीका सन्देश प्रस्तुत गरेका छन् ।
होलीका लागि गजुरेलको यस्तो सन्देश !
“जति दल्नुस् साइली अनुहार देखिहालिन्छ भोलि
होलीको रङ्ग अहिले दल्नुस् भरे धुनुपर्छ
त्यसैले अनुहार होइन मन रङ्ग्याउनुपर्छ ।”
हास्यव्यङ्य प्रस्तुतिको पहिचान बोकेको ‘रेडियो अडियो¬’ ले नयाँ बानेश्वरमा यस वर्ष पनि विभिन्न कलाकार आमन्त्रण गरेर होली मनाएर स्रोता र दर्शकलाई मनोरञ्जन दिलाए । आगामी वैशाख २० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘दालभात तरकारी’ को ‘भिजिट भिषामा हजुर भिजिट भिषामा, भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा…” बोलको गीत र अन्य प्रस्तुतिमा सहभागी मुग्ध भएका थिए ।
कलाकारहरुको उपस्थितिमा महाराजगञ्जमा पनि होली पर्वको उत्सव मनाइएको छ । यस्ता कार्यक्रमका लाइभ प्रस्तुतिलाई पनि स्रोताले रुचाएका छन् । वसन्तपुरमा सदाझैँ यो वर्ष पनि होली विशेष सांस्कृतिक कार्यक्रममा स्वदेशी मात्र नभई विदेशीसमेत रमाएका छन् ।
काठमाडौँका विभिन्न स्थलबाट सवारी साधन वा पैदलमा होली खेल्दै हिँडेका विभिन्न समूह त्यहाँ पुगेर मिसिएका थिए । भक्तपुर र पाटन दरबार स्क्यावरका पर्यटक पनि होलीको रोचक दृष्यमा रमाएका देखिन्थे ।
नायिका÷निर्देशक दिपाश्री निरौलाले ¬‘नसारहित सुन्दर जीवन सम्भव छ…’ सन्देशसहितको सांस्कृतिक कार्यक्रममा प्रदेश नं १ को मुकाम विराटनगरमा प्रस्तुति दिएर होली मनाइन् । कुराकानी गर्ने क्रममा निरौलाले भनिन्, “लागुपदार्थ दुव्र्यसन र कुलतमा युवा फसी जीवन बर्बाद पार्नु हुँदैन भन्ने हाम्रो सन्देश हो, प्रदेश नं १ बाट यो अभियान शुरु भएको छ ।”
होलीका क्रममा जथाभावी पानी फ्याल्ने र रङ्ग दल्ने क्रम घटे पनि आपसमा खेल्ने क्रममा पनि आवश्यकताभन्दा बढी रङ्ग, माटो र हिलो दल्ने, अत्यधिक मादक पदार्थ सेवन गर्ने, होहल्ला गर्नेजस्ता विकृति पनि मिसिएको छ । बढी रङ्ग र माटो दल्दा वा अत्यधिक मादक पदार्थ सेवक गर्दा स्वास्थ्यमा खराबी हुन सक्छ भने सामाजिक विकृतिसमेत निम्ल्याउने छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।