काठमाडौं । ‘पशुपति प्रसाद’बाट ‘भष्मे–डन’को रुपमा कहलिएका कलाकार विपिन कार्कीको आगामी फिल्म ‘जात्रै जात्रा’ अर्को वर्षको जेठ तीन गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ । यो फिल्म गत फागुन १७ गतेबाट नै दर्शकमाझ रिलिजमा ल्याउने निर्माण पक्षको तयारी थियो तर फिल्मका मुख्य कलाकार विपिन कार्कीको सुटिङको दौरानमा बाइक दुर्घटनामा परेपछि फिल्मको रिलिज मिति पोष्टपोण्ड हुनपुगेको थियो ।
गत मंसिरमा ‘जात्रै जात्रा’को सुटिङमा जाने क्रममा कलाकार विपिन कार्की बाइक दुर्घटनामा परेका थिए । उनलाई कालीमाटीमा अर्को एक बाइकले ठक्कर दिँदा उनको दाहिने खुट्टा भाँचिएको थियो । यसरी कलाकार कार्कीको दुर्घटनामा खुट्टा भाँचिएपछि ‘जात्रै जात्रा’को छायाङकन नै रोकिएको थियो ।
अहिले आएर कलाकार कार्कीको स्वास्थ्यमा क्रमश सुधार हुँदै आएको बताएका छन् । न्युज २४ टेलिभिजनको नियमित प्रस्तुति ६ प्रश्न कार्यक्रममा टिभी जर्नलिष्ट अञ्जुला बानियाँसंग कुराकानी गर्दै उनले भने, ‘जात्रै जात्राको सुटिङको दौरानमा म बाइक दुर्घटनामा परे । अहिले आराम गरिरहेरको छु । विस्तारै स्वास्थ्यमा सुधार हुँदैछ ।’
सडक लेन थाहा नहुने र अर्काको लेनबाट सवारी चलाउँदा दुर्घटना हुने गरेको पनि उनको ठम्याई छ । कलाकार कार्कीका अनुसार अहिले ‘जात्रै जात्रा’ फिल्मको छायाङकन सकिसकेको छ, भने केही समय अघि मात्रै एउटा गीतको सुटिङ गरिएको पनि कलाकार कार्की बताउँछन् ।
कार्कीले भने, ‘फिल्मको सुटिङ सकिसकेको छ । अहिले फिल्मको सम्पादनको काम भइरहेको छ ।’ फिल्मको बारेमा बोल्दै कार्कीले भने, ‘यो जात्रा फिल्मको सिक्वेल फिल्म हो । त्यसैले ‘जात्रै जात्रा’मा पुरानै कलाकारहरु दोहोरिएका छौं । फिल्मको कथा पनि पुरानै हो । जात्रा फिल्ममा टुङ्गिएको कथालाई नै ‘जात्रै जात्रा’मा निरन्तरता दिइएको छ ।’
विस्तृत कुराकानी भिडियोमा हेर्नुहोस्ः
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।