काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’का प्रमुख कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी धु्र्वे) र राजु पौडेल (राजु मास्टर)ले आफुहरु यस कार्यक्रमबाट अलग्गिएको जानकारी दिएका छन् ।
पछिल्लो समय कार्यक्रम निर्माता कम्पनी मिडिया हबसँग सम्वन्धमा खटपट आएपछि यी दुईले कार्यक्रम छाडेको फेसबुक मार्फत जानकारी गराएका छन् । लोकप्रिय हुँदा हुँदै पनि कार्यक्रम उत्पादक मिडिया हबले पारिश्रमिक नदिएको भन्दै यसअघि पनि यस टेलिश्रृङ्खलाबाट अन्य कलाकारहरुले पनि हात झिकेका थिए ।
यता बेला बेला मिडिया हब र कार्यक्रमका कलाकार बिच पारिश्रमिक नदिने विषयले कार्यक्रम नै बन्द हुने भएपनि यसपटक भने त्यस्तो नभएको मिडिया हबले जनाएको छ । राजु पौडेल ‘मास्टर’ र मरिचमान ‘बल्छी धुर्वे’ले टेलिभिजन कार्यक्रममा भन्दा बढी ध्यान युट्युव कार्यक्रममा केन्द्रित गर्न थालेपछि सहमतीमै अलग्गिएको मिडिया हबले प्रतिक्रिया दिएको छ ।
कार्यक्रम करिव १० वर्षअघि सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्नेबुढा)को संयुक्त निर्देशनमा शुरुवात भएको थियो । सुरुवातका दिनमा कार्यक्रमले अत्यन्तै लोकप्रियता हाँसिल गरेको थियो । बिस्तारै कलाकारहरुले छाड्दै गएपछि पछिल्लो समय मरिचमान श्रेष्ठ ९बल्छी धु्र्वे० र राजु पौडेल(राजु मास्टर)ले कार्यक्रमलाई निर्देशन गर्दै आएका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।