काठमाडाैं । नायक अनमोल केसी र नायक सलिनमान बानिया यतिखेर प्रतिस्पर्धामा रहेका छन् । दुवै नायक युवापुस्ता माझ हट केक हुन् युवा पुस्ताबीच यी दुई नायकहरुको छुट्टै छाप रहेको छ । यस्तैमा नायक सलिनमान बनियाँ अभिनित फिल्म यात्रा र अनमोल अभिनित फिल्म ए मेरो हजुर ३ एकै समयमा लाग्ने भएको छ ।
सलिनमान अभिनित चलचित्र ‘यात्रा’ चैत्र २९ गतेबाट रिलिज हुँदैछ भने सोही दिन अनमोल अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ पनि रिलिज हुँदैछ ।
यो मितिमा अनमोल र सलिनको भिडन्त हुने भएपछि धेरैले प्रतिस्पर्धाको रुपमा पनि लिएका छन् । दुई फिल्मको प्रतिस्पर्धामा कसको जित कसको हार होला परिणाम हेर्न फिल्म रिलिज मिती सम्म कुर्नै पर्ने हुन्छ ।
तर, रोचक संयोग के जुरेको छ भने सलिनको डेब्यू फिल्म ‘ए मेरो हजुर २’ हो । अब उनको भिडन्त आफ्नै डेब्यू फिल्मको तेस्रो सिरिजसँग हुँदैछ ।
चलचित्र ‘यात्रा’को ट्रेलर रिलिज कार्यक्रममा सलिनको प्रतिस्पर्धा अनमोलको ए मेरो हजुरसँग हुने भयो के होला भन्ने प्रश्नको जवाफमा सलिनले भने ‘बजारमा मैले जित्छु कि हार्छु भन्ने चर्चा भइरहेको छ । बरु म हार्छु तर भाग्दिनँ ।’
उनी भन्छन्, ‘मेरो प्रतिस्पर्धा नेपालको नम्बर वान नायक (अनमोल केसी) सँग हो । त्यसैले नम्बर वान सँग हार्नु भनेको ठूलो कुरा गुमाउनु होइन ।’ उनले रोनाल्डो र मेस्सी पनि वल्डकपमा हारेको उदाहरण दिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।