काठमाडौं/एजेन्सी । अभिनेत्री जाह्नवी कपूर निर्माता दिनेश विजानको आगामी फिल्म ‘रुह–अफ्जा’मा अभिनेता राजकुमार राव र बरुण शर्माको साथमा देखिदै छन् । निर्माता दिनेशले कुराकानीको क्रममा भने, ‘‘रुह–अफ्जा’मा हामीलाई यस्तो अभिनेताहरु चाहिएको थियो, जसले आफ्नो भूमिकालाई सहजरुपमा न्याय गरोस् । राजकुमार राव र बरुण शर्मा शान्दार अभिनेता हुन् । यी दुवैले आ–आफ्नो भूमिकालाई न्याय गर्नसक्नेछन् ।’
निर्माता दिनेशका अनुसार अभिनेत्री जाह्नवी कपूरले यस फिल्ममा दोहोरो भूमिका रुही र अफसानाको रुपमा देखिदैछन् । जाह्नवीको बारेमा निर्माता निदेशले भने, ‘मूख्य अभिनेत्रीको रुपमा हामीलाई यस्तो कलाकार चाहिएको थियो, जसले आफ्नो दुवै भूमिकालाई सहज ढंगले पर्दामा प्रस्तुत गर्न सकोस् । जसको लागि हामीले जाह्नवीलाई चुनेका छौं । यस भूमिकाको लागि अब जाह्नवी जोडिएकी छन् । फिल्मको पटकथामा नयाँपन छ, अभिनेत्री जाह्नवीनै यस्तै छन् ।’
यो फिल्मलाई नवोदित निर्देशक हार्दिक मेहताले गर्नेछन् । फिल्मको सुटिङ उत्तर प्रदेशमा हुनेछ । जुनबाट सुटिङ सुरु गरिने यो फिल्मलाई २० मार्च २०२० मा दर्शकमाझ रिलिज गरिने आशा राखिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।