काठमाडौं । नेपालमा रहेका एचआईभी पीडित बालबालिकाहरूको सहयोगार्थ जापानमा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
‘जापान नेपाल म्युजिक ईभेन्ट अर्गनाईजेशन र यूनिटी गाइजले मे १ तारिखमा जापानको नागोयामा ‘गोल्डेन वीक म्युजिकल नाइट’ गर्न लागेको हो ।
आयोजकले ब्याण्ड, जापानिज डिजे र स्थानीय कलाकारलाई उतार्ने कार्यक्रम रहेको संयोजक राजिब लामाले बताए ।
नागोयामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागी भइ नेपाली एचआइभी पीडित बालबालिकालाई सहयोग गर्ने कार्यमा साथ दिनका लागि अनुरोध गर्छु, संयोजक लामाले भने ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।