काठमाडौँ । हास्य कलाकाल केदार घिमिरे उर्फ माग्ने बुढाको जन्मदिनमा उनका सहकर्मी सिताराम कट्टेल उर्फ धुर्मुसले सामाजिक सञ्जाल मार्फत भावुक सन्देश लेखेका छन् । कुनै समय एउटै मञ्च र एउटै टेलिशृङखलामा संगै काम गरेका उनीहरु जमेका जोडीको रुपमा देखिएका थिए ।
हास्यटेलिशृङ्खला ‘मेरी बास्सै’ मार्फत उत्कृष्ट छवी बनाउन सफल भएका थिए । सितारामले आफ्ना सहकर्मीको जन्मदिनको दिन आफुसंग गरेको सहकार्यत्मक काम गरेको दिन सम्झदैँ लेखेका छन् : बिर्सन सकिन्न, साझा सपनाका लागि हामीले गरेको दुख र साधना । संघर्षका दिनमा गरिएको सहकार्य, अनि त्यसैले पुरा गरेको हामी दुबैको कला क्षेत्रमा जम्ने अभिप्राय । जति वर्षहरु बित्दै जान्छन्, मनबाटै अँकुराएको हाम्रो मित्रता उति गहीरो जरो गाडेर अग्लो, मोटो र मजबुद बनेर उभिरहनेछ । मनका मित्र तथा अभिभावक केदारजी (माग्ने बुढा)लाई जन्मदिनको करोडौं शुभकामना ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।