काठमाडाैँ । दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान सुदूरपश्चिम निवासी चर्चित देउडागायिका तथा अभियन्ता डिक्रा बादीलाई प्रदान गरिने भएकाे छ ।
नेपाल स्रष्टा समाजले वर्ष २०७६ का लागि दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान देउडा गीतकी प्रसिद्ध गायिका, संस्कृतिकर्मी तथा नेपालका बादीसमुदायलाई सामाजिक रूपान्तरणका लागि समेत एक अभियन्ताको कार्य गर्दै अाउनुभएकी डिक्रा बादीलाई प्रदान गर्ने निर्णय गरेकाे हाे ।
सम्मानका उपयुक्त व्यक्ति छनाेट गर्न समाजको गत चैत्र ८ गते बसेको बैठकले प्रसिद्ध महिला अधिकारकर्मी तथा लेखक दुर्गा घिमिरेको संयोजकत्वमा वरिष्ठ पत्रकार राजेश खनाल तथा सम्मान संस्थापक पुष्पा खनालसहितको एक सिफारिस समिति गठन गरेको थियो । सम्मानका लागि सिफारिस भई आएका यही चैत्र २५ सम्ममा प्राप्त दर्जनौँ नाममध्ये साे समितिले डिक्रा बादीको नाम चयन गरेकाे हाे ।
सुदूरपश्चिम बाजुरामा जन्मिएकी बादी हाल कञ्चनपुरमा बसोबास गर्दै आउनुभएकाे छ । उहाँले सुदूरपश्चिम लाेकभाका देउडा गायन तथा प्रवर्द्धनमा महत्वपूर्ण याेगदान पुर्याउनुभएकाे छ ।
पुरस्कार राशी रु ११ हजार १ सय ११ तथा सम्मान पत्र रहेकाे छ । साे सम्मान दमन्ता खनालको जन्मजयन्तीका अवसरमा २०७६ वैशाख ९ गते नेपाल प्रज्ञा प्रतिष्ठानकाे सभाकक्षमा विशेष कार्यक्रममाझ प्रदान गरिने स्रष्टा समाजले जनाएकाे छ ।
यो सम्मान गत वर्ष २०७५ का लागि सिर्जना शर्मालाई प्रदान गरिएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।