काठमाडौँ । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले अाफू ‘प्रबल जनसेवाश्री’ पदकबाट सम्मानित भएको तस्वीरहरु सामाजिक संजालमा पोस्ट गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई पदकसहित सम्मानित गर्नु भएको तस्वीरसंगै उनले केही शब्दहरु लेखेका छन् । घिमिरेले सधैँ निहुरिन पाऊँ कसैसंग घमण्ड नगरौँ भनेका छन् । उनले अगाडि लेखे सानो भईयो भने जता पनि अटाईन्छ । ठूलो हुँदा कतै नअटाउने भन्दै उनले हसाइरहन पाउ भनेका छन् ।
हास्यकलाकार केदार घिमिरेले प्रबल जनसेवा श्री बाट विभूषित हुन पाएकोमा नेपाल सरकारलाई धन्यवाद दिदै भने, ‘कर्तव्य पथमा निरन्तर लागिरहने प्रण गर्दछु।’
‘प्रबल जनसेवाश्री’ पदकबा यो वर्ष केदार घिमिरे ,पशुपति शर्मा र किरण केसी लगाएतका व्यक्तित्वहरु सम्मानित भएका छन् । समाज रुपान्तरणको लागि ठूलो योगदान पुर्याएका उनीहरु उक्त पदकबाट सम्मानित भएका हुन् ।
नेपाल सरकारले प्रत्येक वर्ष प्रबल जनसेवाश्री पदकबाट समाज परिवर्तनमा योगदान दिएका व्यक्तिहरुलाई सम्मानीत गर्दै आएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।