काठमाडौं/एजेन्सी । साउथ फिल्मका अभिनेता यशलाई कर्नाटकको मुख्यमनत्री एचडी कुमारस्वामीले राजनीतिबाट टाढा रहन चेतावनी दिएका छन् । एक -यालिलाई सम्बोधन गर्दै सीएम कुमारस्वामीले अभिनेता यशमाथि विवादित बयान दिएका हुन् । यसरी अभिनेता यशलाई राजनीतिबाट टाढा रहन भन्दै चेतावनी दिएपछि फ्यानहरु सोसल मिडियामा सीएम कुमारस्वामीमाथि खनिएका छन् ।
गत मंगलबार सीएम कुमारस्वामीले एक -यालीलाई सम्बोधन गर्दै भने, ‘यदि हामी जस्ता निर्माताहरु छैनौं भने एक्टर्स सर्वाइभ पनि गर्न पाउँदैनन् ।’ मांड्यामा चुनावी -यालीमा अभिनेता यशले पनि सहभागिता जनाएका थिए, यसै विषयलाई लिएर सीएम कुमारस्वामी अभिनेता यशमाथि खनिएका हुन् ।
उक्त -यालीमा अभिनेता यश कांग्रेसका दिवंगत नेता, सांसद तथा अभिनेता अम्बरीशको श्रीमती सुमालताको सपोर्टमा उत्रिएका थिए । सुमालता निर्दलिय चुनावमा लड्दै छन् ।
यसै विषयममा सीएम कुमारस्वामी अभिनेता यशमाथि खनिदै भने, ‘यश नामका केही अभिनेता मेरो पार्टीको सदस्याहरुलाई आरोप लगाइरहेका छन् । मेरो समर्थकहरुलाई मेरो टिप्पणी गरेर भड्काईरहेका छन् ।’
उनले थपे, ‘मलाई विश्वास लाग्दैन यस्तो कलाकारसँग फिल्म बनाउनका लागि कसरी सहमत हुन्छौ ? उनी हामी जस्ता निर्माता भएकै कारण सर्वाइभ गरिरहेका छन् । तपाईले स्त्रिनमा जसलाई देखनुहुन्छ, उसलाई भरोसा नगर्नुस् ।’
सीएम कुमारस्वामीको यस्तो कमेन्टलाई अभिनेता यशका फ्यानहरुले मन पराएनन् । सोसल मिडियामा सबै फ्यानहरुले सीएमविरुद्ध खनिएका छन् । उनीहरुले यस्तो ठूलो अभिनेतामाथि तथ्यविना यस्तो कमेन्ट गर्नु दुखद भएको बताएका छन् । त्यस्तै सीएमले अभिनेता यशको अपमान गरेको आरोप लगाएका छन् । त्यसोत, एक युजर्सले सीएम कुमारस्वामीलाई डमी सीएम घोषणा नै गरिदिएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।