काठमाडौं । अभिनेत्री तथा अभिनेता अक्षय कुमारकी पत्नी ट्विङ्कल बेलाबेला आफ्नो सेन्स अफ ह्युमरका कारण चर्चा सँगै विवादमा आउने गर्छिन् । कुनै जमानामा फिल्ममा ब्यस्त ट्विङ्कल अक्षय कुमारसँग बिहे गरेसँगै घर गृहस्थीमा ब्यस्त छिन् । पछिल्लो समय लेखनमा सक्रिय रहेकी ट्विङ्कल बेला बेला ब्यङ्ग्यात्मक फोटो सामाजिक संजालमा शेयर गरेर विवादमा आउने गर्दछिन् ।
केहि समय अघि ट्विङ्कलले मर्निङ वाकमा निस्कँदा समुन्द्र किनारमा खुल्ला शौच गरिरहेका एक बालकको तस्बिर सामाजिक संजालमा शेयर गर्दै मोदीको स्वच्छ भारत अभियानलाई ब्यंङ्ग्य गरेकी थिइन् । जुन कुरालाई लिएर उनले सर्वसाधारणकाे नितान्त ब्यक्तीगत अधिकारमाथि प्रहार गरेको भन्दै चौतर्फी आलोचना गरिएको थियो ।
त्यस्तै हालै ट्विङ्कलले सामाजिक संजालमा एक फोटो शेयर गरेकी छिन् जसमा एक बालकले भित्री बस्त्र अण्डरवेयर टाउकोमा लगाएका छन् ।सोही बालकको फोटो इन्स्टाग्राममा राखेर भारतीय राजनीतिक पार्टी आम आदमीलाई ब्यङ्ग्य गरेकी छिन् । लेखेकी छिन् -‘जब तपाईँ केजरिवालको सपोर्टर हुनुहुन्छ अनि तपाईँसङ्ग बाँंदर टोपी छैन , म कसम खान्छु यीनलाई यसो गर्न मैले सिकाएको होइन ।’
यतिखेर भारतमा लोकसभा चुनाबको माहोल छ ट्विङ्कलले दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालका समर्थकलाई निशानी बनाएर गरेको यस ट्विटलाई सयौँले रिट्विट गर्दै ट्विङ्कल्को आलोचना गरिरहेका छन् ।
आलोचकहरुले आम आदमी पार्टिले गरेको सुधार उल्लेखनीय रहेको जुन ट्विङ्कलले कहिल्यै गर्न नसक्ने बताएका छन् । त्यस्तै कतिपयले सेलिब्रिटी भएको मान्छेले जे शेयर गरेपनि हाँसो नै हुन्छ भन्ने नभएको र यो कुराले उनी र उनका पति अक्षयलाई भारी पर्ने बताएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।