एजेन्सी । मुस्लिम सुपरमोडल हलीमा एडेन पूनः एकपटक चर्चामा आएकी छिन् । हलीमालाई मुश्लिम रितीरिवाज तोड्ने साहशी मोडलको रुपमा लिइन्छ । यसपटक भने उनी बुर्का र टाउकाे छाेप्ने हिजाब लगाएर गरेको नयाँ फोटोशुटको कारण चर्चामा छिन् ।
हलीमाका पछिल्लो पटक खिचिएका फोटोहरु अमेरिकन म्यागजिन Sports Illustrated को लागि हो । जुन फोटोमाथि निकै बहस चलिरहेको छ । हलिमा एडेनको नाम तब चर्चामा आएको थियो जव उनले भोग म्यागजिनको कभर पेजको लागि फोटोशुट गरिन् । उक्त फोटो शुट चर्चामा रह्यो कारण हलिमा बुर्काको पहिरनमा थिइन् ।
सीएनएनको रिपोर्ट अनुसार २०१६मा हलीमा Miss Minnesota USA को पहिलो यस्ती प्रतियोगी बनिन् जसले बुर्का लगाएर भाग लिएकी थिइन् । उनी सेमिफाइनल सम्म पुगेकी थिइन् ।
हलीमाको पछिल्लो यस बुर्का पहिरनमा गरिएको फोटो शुटको मेकिङ भिडियो पनि सार्बजनिक भएको छ । यस भिडियोमा हलिमा आफैंले आफुलाई बुर्का गर्लको उपमा दिएकी छिन् ।
हलीमाको जन्म केन्याको एक शरणार्थी क्याम्पमा भएको थियो । उनीहरुको परिवार शरण लिने क्रममा उनी आठ वर्षको हुँदा अमेरिका पुगे त्यहाँको बसाइपछि हाल उनी सोमालियाबासी भएकी छिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।