एजेन्सी । बलिउड निर्माता तथा निर्देशक करण जौेहरको फिल्म प्रोडक्शन हाउस धर्मा प्रोडक्शनमा गएराति आगो लागेको छ ।
आगो लागीका कारण प्रोडक्शन हाउस भित्र रहेका लाखौं मूल्य बराबरका धनमाल नोक्शान भएको बताइएको छ ।
भारतीय संचार माध्यमका अनुसार गए राति करिव २ बजे आसपासमा आगो लागेको थियो । पहिला गोदाममा आगो लागेर बिस्तारै फैलिएको बताइएको छ । घटना घटेको खवर पाएपछि १२ वटा दमकल लगाएर आगो काबुमा लिइएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।