काठमाडाैं । लोक दोहोरी क्षेत्रका एक बलियो खम्बाका रूपमा चिनिएका बहुचर्चित सर्जक शिव हमालको लय शब्दमा भर्खरै सार्वजनिक “साईलो ” लोक दोहोरी गीतले दर्शककाे मन जित्न सफल भएकाे छ ।
सार्वजनिक भएको तीन दिनमै तीन लाख भन्दा धेरै दर्शक बनाउँदै युट्युब ट्रेडिङमा आएकाे छ । याे समाचार तयार पारिसक्दा साइँलो गीत युट्युबकाे ट्रेडिङ रहेकाे उक्त गीत तीन लाख पटक हेरिएकाे छ ।
बिहीबार एक कार्यक्रमबीच शिव हमालले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका थिए। हमालकाे चर्चित गीत लालुमैले छोटो समयमै १ करोड भन्दा धेरै दर्शक बनाएको खुसीयालीमा आयाेजित एक कार्यक्रममा साइँलो सार्वजनिक गरेका थिए।
साइँलो गीतमा स्वर बहुचर्चित गायिका विष्णु माझी र विक्रम रानाको रहेको छ भने शब्द सङ्गीत शिव हमालको रहेको छ । गीतको म्युजिक भिडियोमा कविता नेपाली र दिलीप रायमाझीको छमछम ती र निकै उत्कृष्ट नृत्य देख्न सकिन्छ।
पछिल्लो समयका चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन तयार भएको सो भिडियोलाई सुदिप बरालले खिचेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।