एजेन्सी । निर्देशक महेश भट्टकी पत्नी अभिनेत्री सोनी राजदानले आफ्नौ ठूली छोरी शाहीन भट्टको डिप्रेशनलाई लिएर चिन्ता लाग्ने बताइन् ।
उनी जहिले पनि ठूली छोरीको डिप्रेशनको बारेमा चिन्तित हुने गरेकी थिइन् । आफू सधै सोनीछोरीलाई ताकत दिने कोशिस गरिरहेको बताएकी छन् ।
हालै सोनीले एक टिभी अन्र्तवार्तामा छोरी शाहीनका किताबलाई लिएर चर्चा गरे । छोरीले डिप्रेसनको लडाइ गरेको विषयमा खुलेर कुरा गरिन् । शाहीनले आफ्नो किताब ”नेवर बीन इन हैपियर” मा डिप्रेशनको अनुभव शिएर गरेकी छन्।
छोरी डिप्रेशनमा गएको अवस्थामा आमा भएर आफूलाई सम्हाल्न गाह्रो भएको सुनाइन् । चाहे आलिया या शाहीन जो कोहीलाई पिडिा भएपनि आफूमाथि नराम्रो प्रभाव पर्ने गेरको उनी बताएकी छिन् । आमा भएकोले आफ्नो बच्चाहरुसंग भावनात्मक रुपमा एकदमै मजबुद भएको उनकी भनाई रहेको छ ।
सोनीले चिन्तको कारण आफू धेरै रात ननिदाएको खुलासा गरिन् । उनी चिन्तित भएको मुख्य विषय भने ठूली छोरी डिप्रेशन भएको कुरामा थियो । सानै उमेरमा डिप्रेशनको शिकार बन्न पुगेकी उनी निकै चिन्ति भएको भारतीय मिडियाको एक अन्र्तवार्तामा सुनाइन् ।
उनले छोरीलाई डिप्रेशनबाट टाढा बनाउन धेरै प्रयासहरु गरेकी उनले बताइन् । आफ्नो तर्फबाट एक आमाले निभाउनु पर्ने भूमिका निभाएकी उनी बताउँछिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।