काठमाडौँ । ”ए मेरो हजुर ३” बाट डेव्यु गरेकी नव अभिनेत्री सुहान थापाको जन्मदिन आज बुधबार परेको छ । अभिनेत्री तथा निर्देशक झर्ना थापा र निर्माता सुनील थापाकी एकली छोरी सुहान आजबाट २२ वर्षमा लागेकी छन् ।
अभिनेता अनमोल केसी र सुहानाको मुख्य भुमिकामा बनेको ”ए मेरो हजुर ३” ले राम्रो कमाई गरेको छ । अनमोल र सुहानको अभिनय र जोडि पनि दर्शकले अतिनै रुचाएका छन् । सबैले उनीहरुले गरेका कामको तारिफ नै तारिफ दिएका छन् । डेव्यु गरेकी सुहाना धेरै अगाडिबाट अभिनय गर्दै आएकी जस्तो अनुभुती दिलाएकी छन् ।
अमेरिकामा ब्याजलर पढिरहेकी सुहानालाई आमा झर्नाले एक्कासी फोन गरेर ‘ए मेरो हजुर ३”मा अभिनय गर्न बोलाएकी मिडियामा अन्तर्वाता दिने क्रममा सुहानाले भन्दै आएकी छन् । कृष्ण भक्त सुहाना एक परिपक्व व्यक्तिको जस्तै स्वभाव छ । साधारण कुर्था सुरुवाल मन पराउने उनी पढाई र अभिनय लगायतका कुराहरुमा धेरै ज्ञानले भरिपूर्ण देखिन्छ ।
सुहानाको पढाई सकेको छैन । उनी अहिले दोधारमा छिन् । पढाई सकाउने की फिल्ममा काम गर्ने । झर्ना र सुनिल पहिला पढाई पूरा गरोस् भन्ने चाहन्छन् । र उनीहरु फिल्म ”भागवत” पनि बनाउने योजनामा छन् । ”भागवत” मा पनि अनमोल र सुहानाको जोडिलाई नै भित्र्याउने सोचमा छन् झर्ना र सुनिल ।
झर्ना र सुनिल ”भागवत” अथवा ”ए मेरो हजुर ४” दुर्इ मध्य एक बनाउने योजनामा छन् । उनीहरु पहिला कुन बनाउने भन्ने दोधारमा छन् । केही समय अगाडि झर्नाले सामाजिक संजाल फेसबुकमा सुहान र अनमोलको फोटो शियर गर्दै ”भागवत” फिल्म बनाउने संकेत दिएकी थिइन् । सुहाना फिल्ममा काम गर्नेछिन् की पढाई तर्फ नै लाग्छिन् त्यो पछि थाहा नै पाउनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।