एजेन्सी । बलिउड सुपरस्टार सलमान खानको मुख्य भुमिकामा बनेको फिल्म ‘भारत’ काे तेस्रो गीत सार्वजनिक भएको छ । गीतकाे भिडियाेमा सलमान र कटरीनाकाे कैफको साथै सुनील ग्रोवर छन् ।

फिल्म ‘भारत’ का तेस्रो गीत ‘ऐथे आ’ रिलिज भएको जनाकारी सलमानले सामाजिक संजाल ट्वीटर मार्फत जानकारी दिएका हुन् । गीतलाई दर्शकहरुले सकरात्मक प्रतिकृया दिएका छन् । सलमान र कटरीनाको जोडीलाई पनि दर्शकले निकै रुचाइएको छ ।
फिल्मको यो गीतमा विशाल ददलानी , शेखर रावजियानी, नीति मोहन, कमाल खान र आकासा सिंहले स्वर दिएका छन् । लिरिक्स भने इरशाद कामिलको हो । गीतको कोरियोग्राफ वैभवी मर्चेटले गरेका हुन् । यो गीत भन्दा पहिला दुई वटा गीत सार्वजनिक गरिसकेको छ ।
दुबे गीतले शानदार प्रतिकृया पाएको छ । ‘भारत’ का आम दर्शक फिल्मको प्रदर्शनको दिनलाई कुरिरहेका छन् । फिल्म ईदको मौकामा रिलिज हुँदैछ । फिल्म भारत कोरियन फिल्म ‘एन ओड टू माई फादर’ को हिँदी रीमेक रहेको जनाइएको छ ।
‘भारत’ मा सलमानले १८ वर्षदेखि ७० वर्षसम्मको व्यक्तिको भुमिका निभाएका देखाइएको छ । यो फिल्ममा सलमान,कटरीना,दिशा पाटनीसंगै जैकी श्रॉफ और सुनील ग्रोवर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।