
काठमाडौं । नेपाली लोक गीत सङ्गीतको क्षेत्रमा चर्चित नाम हो एक नारायण भण्डारी । भण्डारीले आफ्नै ट्युबमार्फत नयाँ गीत ‘छिपछिपे पानीमा लेउ’ बाेलकाे गीत सार्वजनिक गरेका छन् ।
बिहीबार बिहानै सार्वजनिक गरेको ‘छिपछिपे पानीमा लेउ’ बाेलकाे गीतमा विष्णु माझी र पितम्बर जिसीको स्वर रहेकाे छ भने, एक नारायण भण्डारीकाे आफ्नै शब्द सङ्गीत रहेको छ ।
भिडियाे
[embedded content]
चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् । गीतमा चलचित्र क्षेत्रका एक/एक जोडी अर्थात् नायक दिलीप रायमाझी र चर्चित नायिका सुरक्षा पन्तको निकै राम्रो अभिनय रहेकाे छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।