- अमर काफ्ले
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा १ घर भएका प्रकाश अनुरागले दुई म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । मैथिली भाषाका दुई गीत अनुरागले इनरुवामा पत्रकार सम्मेलनकाबीच सार्वजनिक गरेका हुन् ।

दुवै गीतमा प्रकाश अनुरागले स्वर दिएका छन् । इजोरिया फिल्म्सको ब्यानरमा रहेको ‘इ जान जुवानी चारि दिन’ बोलको गितमा स्वयं गायक अनुरागका साथै बिजय कुमार र पूजा दाहालको अभिनय रहेको छ । त्यसैगरी छिन्नमस्ता फिल्म्सले बजारमा ल्याएको ‘अहाँ सुन्दर कियो नै ‘ बोलको गीतमा अनुराग र सरु निरौलाको अभिनय देख्न सकिन्छ ।

अनुरागका दुवै गीतमा संगित राजेश कुमारको रहेको छ । राजिव कुमार स्वयं गीतकार समेत हुन् । म्यूजिक भिडियोलाई राजु राजदेव चौधरीले निर्देशन गरेका छन् । इनरुवाका अनुराग लामो समययता कलाकारिता क्षेत्रमा आफ्नो भविष्य खोज्ने जमर्को गरिरहेका छन् । स्थानीयस्तरमा हुने सांगितिक कार्यक्रमहरुमा अनुरागले प्रस्तुति दिँदै आएका छन् । अनुरागले नेपाली, मैथिली र भोजपुरी भाषामा निर्माण भएका ठुला तथा सानो पर्दाका चलचित्रमा समेत काम गरिसकेका छन् ।
पत्रकार सम्मेलनमा स्थानीय निकाय र अग्रज तथा सरोकारवालाहरुबाट साथ र सहयोग नपाएको दुखेसो पोखेका कलाकार तथा गायक अनुरागले केही सहकर्मी तथा शुभेच्छुकहरुको साथमा कलाकारिता क्षेत्रलाई अघि बढाईरहेको बताएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।