काठमाडौं । गायक यमन माझी स्टारर् माझी भाषी फिल्म ‘मोङो डोङा–२’ रिलिजको तयारीमा छ । गायक तथा अभिनेता यमनका अनुसार यो फिल्मले लोप हुँदै गएको माझी भाषालाई पर्दामा प्रस्तुत गर्नेछ । फिल्ममा ७५ प्रतिशत भन्दा बढी माझी भाषाको प्रयोग गरिएको छ ।

यो फिल्मको रिलिज मिति चाँडै फाइनल गरिने अभिनेता यमनले बताएका छन् । कुश्कु माझीको कथामा बनेको यो फिल्मलाई सुञ्जित माझीले निर्देशन गरेका हुन् । यो फिल्मको मुख्य भूमिकामा गायक तथा ‘एक्स्ट्रा माया’फेम अभिनेता यमन माझी देखिदैछन् ।
फिल्ममा रुपा कुमारी माझी, प्रकाश माझी, श्रीकृष्ण माझी, पञ्च माझी, फुलविक्रम माझी, रुपेश माझी, लोकबहादुर माझी, सीमसागर रोशन सुब्बा माझी लगायतको पनि मूख्य भूमिका रहेको छ ।
Singer/Actor: Yaman Majhi
गायक तथा संगीतकार यमन माझीले ‘एक्स्ट्रा माया’बाट आफ्नो फिल्मी करियर पनि सुरु गरिसकेका छन् । पर्यटन व्यावसायी माझीले दुई दर्जनको हाराहारीमा गीतहरु बजारमा ल्याइसकेका छन्, भने कयौं गीतमा संगीत दिएका छन् । केही म्युजिक भिडियोमा आफैले मोडलिङ समेत गरिसकेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।