एजेन्सी । ‘कलंक’ फिल्म बाहेक अभिनेत्री आलिया भट्टको सबै फिल्मले बक्स अफिसमा राम्रो ब्यापार गरेको छ । यसका साथै उनी आफ्नै बुबा महेश भट्टको फिल्म ‘सडक’को सिक्वेलमा पनि देखिने भएकी छन् । यो फिल्मको सुटिङ सुरु हुँदैछ । अभिनेत्री आलियाको लागि यो सबै भन्दा खुसीको कुरा हो, जुन ‘सडक–२’ फिल्म आफ्नै बुबा महेश भट्टले निर्देशन गर्दै छन् ।

अभिनेत्री आलिया आफ्नै बुबासँग काम गर्न पाउँदा निकै उत्साहित भइन्, सोही कारण उनले सोसल मिडियामा एक इमोशनल नोट पनि लेखेकी छन् । आलियाले इन्स्टाग्राममा आफ्नो बुबा महेशको फोटो सेयर गरेकी छन्, र क्याप्शनमा लेखेकी छन्, ‘आज सडक–२ को पहिलो दिन । मेरो बुबा अर्थात निर्देशक महेश भट्ट क्यामेराको पछाडि हुनुहुनेछ । केही दिनमै सुटिङ सुरु गर्नेछु । मलाई डर लागिरहेको छ । यो एक कठिन यात्रा हुनेछ । मैले जे देखे, जे सुने सोही अनुरुप चल्नेछु ।’
उनले थप लेखेकी छन्, ‘मलाई थाहा छ, केही राम्रो हुनेछ भने केही नराम्रो । म लड्न पनि सक्छु । तर प्रयास जारी राख्नेछु । साथै मेरो हेरक कदमको मूल्य हुनेछ । एक नयाँ यात्राको सुरुवात गर्न गइरहेकी छु ।’
महेश भट्टको कुरा गर्नुपर्दा २० वषपछि ‘सडक–२’ फिल्मबाट फिल्म निर्देशनमा फर्कदैछन् । यो फिल्ममा सञ्जय दत्त, पूजा भट्ट, आलिया भट्ट र आदित्य राय कपूर मुख्य भूमिकामा हुनेछन् । यसै फिल्मबाट महेश भट्टले आफ्नै दुवै छोरीसँग एकसाथ काम गर्दैछन् ।
यो फिल्मको पहिलो पार्ट १९९१ मा रिलिजमा आएको थियो । उक्त फिल्ममा सञ्जय दत्त र पूजा भट्ट मुख्य भूमिकामा थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।