
काठमाडौं । गायक गोविन्द पराजुलीको स्वरमा रहेको लोकदोहोरी गीत ‘मुटु सिउँदै छु’ सार्वजनिक भएको छ ।संजया परियारकाे शब्द र सङ्गीत रहेकाे ‘मुटु सिउँदै छु’ बाेलकाे गीत युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । उक्त गीतमा सन्तोष सुनमकाे रहेकाे छ ।
भिडियाे
[embedded content]
अत्यन्त मिठो लयमा रहेको उक्त गीतमा आफ्नो जीवनसाथी र घरपरिवारलाई छाडेर रोजगारका लागि विदेशिएपछि आफ्नै जीवनसंगीनीबाट धोका हुने उतारिएको छ । गीतको म्युजिक भिडियोमा विदेश गएर दु:खले कमाएको सबै सम्पत्ति बोकेर आफ्नै जीवनसंगीनी अर्कैसँग गएको पनि देखाइएको छ ।
खुमन सुनारको निर्देशन र प्रेम कुमार थारुको सम्पादनमा उक्त गीतको म्युजिक भिडियो तयार पारिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।