काठमाडौं/एजेन्सी । अभिनेता टाइगर श्रफले बलिउडमा एक्शन हिरोको रुपमा आफ्नो पहिचान बनाईसकेका छन् । पर्दामा उनको अभिनयलाई खुब रुचाइन्छ । तर अभिनेता टाइगरका अनुसार यो क्षेत्रमा मानिसहरु सँधै असुरक्षित महसुस गर्ने गरेका छन् ।

यो क्षेत्रमा पाँच वर्ष विताइसकेका अभिनेता टाइगर श्रफले आईएएनएससँग कुराकानी गर्नै भने, ‘यो कुरा साँचो हो, म असुरक्षित छु । सँधै यसरी चल्न मलाई प्रसंसाको आवश्यकता हुन्छ । मैले कसरी काम गरिरहेको छु ? के मेरो बुबाले मन पराउँछन् ? के मेरा फ्यानहरुले मेरो कामको संसंसा गरिरहनेछन् ?’
उनले थपे, ‘ऋतिक रोशन सरको साथमा गर्ने क्रममा मलाई यस्तो लाग्यो कि, उहाँ मेरो कामबाट प्रभावित हुनुहुन्छ । उहाँ मेरो हिरो हुनुहुन्छ, मलाई लाग्छ उहाँलाई निराश गरिरहेको छैन ।’
अभिनेता टाइगर श्रफले २०१४बाट फिल्म ‘हिरोपन्थी’बाट आफ्नो बलिउड करियर सुरु गरेका थिए । त्यसपछि उनले बाघी, अ फ्लाइङ्ग जट्ट, मुन्ना माइकल, बाघी–२, र स्टुडेन्ट अफ द इयर–२ लगाएतका फिल्ममा काम गरिसकेका छन् ।
अहिलेको समयमा निर्माता निर्देशकलाई एक्शन जन्रालाई रिप्लेस गर्न किन यति धेरै आशंकित रहन्छन् ? भन्ने प्रश्नमा टाइगरले भने, ‘सायद अहिलेको कलाकारहरुको झुकाव छुट्टै प्रकारको फिल्मप्रति छ । साथै निर्देशक पनि ८० र ९० को दशकको तुलनामा भिन्दै प्रकारको फिल्म बनाउन प्रेरित छन् । अहिले मैले आफ्नो एक्शन फिल्मको माध्यमबाट विश्वका दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न चाहन्छु । यही मेरो लक्ष्य पनि हो ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।