
- कृष्ण पाण्डे
बुटवल । सबैको प्रतीक्षामा रहेको बिलकुलै नयाँ शैलीको लोकदोहोरी गीत ‘लोभी आँखा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शिल्पा र पुष्पको जोडी अझ खुलेको छ भने यी दुई यस गीतको भिडियोमा राजा र रानी झैँ देखिएका छन् ।
गीतमा वसन्त थापा र लक्ष्मी मल्लको आवाज रहेको उक्त गीतमा गीतकार कृष्ण केसीको शब्द रहेकाे छ । वसन्त थापाको सङ्गीत सिर्जना रहेको गीतको सङ्गीत संयोजन भने आशिष अविरलले गरेका छन् । आफ्नो मन युट्य़ुब च्यानलले बजार व्यवस्थापन गरेको छ ।
भिडियाे
[embedded content]
गीतकाे म्युजिक भिडियो दोहोरी गीतको भिडियो शैलीलाई परिवर्तन गरेको छ । यति मात्र नभएर यस गीतको भिडियोले लोक दोहोरी क्षेत्रको विकास समेत भएको संज्ञा दिएको छ ।
परापूर्व कालदेखि चलन र चल्तीमा आएको लोकदोहोरी गीतको म्युजिक भिडियोमा जहाँ ढाका,टोपी पटुकी र गुन्यो ,चोलो र सारीलाई अनि डाँडा,पाखा ,भ्नाज्याँन र हाट,बजार अनि मेलालाई विशेष प्राथमिकता दिँदै आइरहेको थियो ।
तर समय अनि परिस्थिति फरक परिवर्तन भएसँगै अहिले यहाँसम्म आउँदा यस लोकदोहोरी गीतले पनि कोल्टे फेरेको महसुस यही गीतको म्युजिक भिडियो मार्फत भएको छ । हेर्दा पनि चलचित्रको अनि पप गीतझैँ लाग्ने यस गीतको म्युजिक भिडियो निकै आकर्षण बनेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।