एजेन्सी । सलमान खानको फिल्म ‘भारत’ रिलिज मिति ३ दिन मात्र बाँकि हुँदा कानूनी झमेलामा फसेको छ । फिल्मको नामलाई लिएर विवाद शुरु भएको छ ।
फिल्मको बिरुद्धमा दिल्ली हाई कोर्टमा विपिन त्यागीले रिट दायर गरेका छन् । रिटमा भारतको संविधान अनुसार ‘भारत’ शब्दलाई ब्यापारिक हिसावले प्रयोग गर्न नपाइने तर सलमानले बनाएको फिल्मको नाम ‘भारत’ राखिएको र नाम परिवर्तन गराउन माग गरिएको छ ।
रिटमा फिल्मको नाम बदल्नुको साथै सलमानले फिल्ममा आफुलाई देश ‘भारत’को संज्ञा दिएको र सो डायलग पनि फिल्मबाट हटाउन माग गरिएको छ । यदि अदालतले यस विषयमा कुनै एक्शन नलिएमा सलमानको फिल्मको रिलिज खतरामा पर्ने समेत बताइएको छ ।
त्यागीले भनेका छन् जव मैले फिल्म ‘भारत’को ट्रेलर हेरें त्यो पुरै मनोरञ्जनात्मक र ब्यवसायिकतामा आधारित छ जहाँ देशभक्तीको कुनै गुञ्जायस छैन । मलाई लाग्दैन फिल्मको नाम ‘भारत’ राख्न कुनै जरुरी छैन ।
रिटलाई लिएर फिल्म ‘भारत’का टिमले कुनै प्रतिक्रिया भने दिएका छैनन् । फिल्म यहि जून ५ का दिन रिलिज हुँदैछ । फिल्ममा सलमान कैटरिना बाहेक मौनी रोय, ज्याकी श्राफ,सुनील ग्रोवरको भूमिका रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।