काठमाडौँ । क्लासिकल–आधुनिक गीत ‘म’ आजबाट सार्वजनिक भएको छ । यूट्युब च्यानल ओएसआरबाट रिलिज भएको गानाले अमिर होस् या फकिर, नेता होस् या अभिनेता, प्रोफेसर होस् या विद्यार्थी, चिकित्सक होस् या विरामी, लाहुरे होस् या गाउँले, कृषक होस् या जागिरदार जो कोही पनि पूर्ण भइँदो रहेनछ भन्ने कथाहरू मध्ये एउटा प्रतिनिधि कथामा फिचरिङ् रहेको यस गाना शङ्कर के. राईको सिर्जना हो ।
यो सङ्गीतकार डि।बी। खड्काको सङ्गति, भेट्रान एरेञ्जर गोपाल रसाइलीको एरेञ्ज तथा प्रतिष्ठित स्वरका धनी विश्व नेपालीको आवाजले सजिएको छ । हाल बजारमा देखिँदै आएको भन्दा विलकुल फरक किसिमको प्रस्तुतीमा रहेको ‘म’मा सबै पक्षहरू (रचना÷सिर्जना, सङ्गीत, स्वर र अभिनय) फरक देख्न सकिन्छ । विशेष गरेर विश्व नेपालीको जादुमयी आवाजमा हामीले जति पनि गानाहरू सुनेका छौँ त्यो भन्दा फरक पहिचान दिलाउने देखिन्छ विश्व नेपालीलाई यस गानाले, गीतसङ्गितको महासागरमा ।
एल.पी. पाण्डेको निर्देशनमा फ्ल्यास ब्याक शैलीलाई अपनाएर तयार गरिएको यस गानाको भिडियोमा कुनै व्यवसायिक कलाकारहरू नभएर समाजका एक प्रतिष्ठित व्यक्तित्व दलबहादुर बाली साम्पाङ राई माथि फिचरिङ गरिएको छ । बिना कुनै थिएटर आर्ट र उमेरले साढे ३ बिस कटिसक्नुभएका बृटिश आर्मीका रिटायर्ड मेजर उहाँ धरान निवासी हुनुहुन्छ । उहाँलाई साथ दिएका छन् डा. एविन्द्र रुम्दाली राईलगायतका समूहले ।
‘म’का सर्जक तथा निर्माता शङ्कर के। राई यस सम्बन्धमा– ‘यस गानाले पनि सामान्य रूपमा सुन्दा अन्य गानाहरूले जस्तै मनोरञ्जन नै प्रदान गर्दछ । तर यसलाई डुबेर सुन्दा ९हेर्दा हैन० मनोरञ्जनका साथै ‘म’ले मभित्र, तपाइँभित्र, हामी सब्बै सम्पूर्णभित्र रहेका सारा अवयवहरूलाई एकसाथ बोध गराइदिन्छ । समग्रमा यो एउटा स्टोरी हो, जो कसैको पनि हुन्छ त्यो । ‘म’ले प्रडक्टको या नै कि ब्रान्डको पनि काम गरेको हुनेछ । हामीले सम्पूर्ण रूपमा यसलाई प्रस्तुत गर्न खोजेको पनि यही नै हो ।
समग्रमा गीत÷सङ्गीतको महासागरमा एउटा फरक तर सही मार्गमा हिड्नको लागी उत्प्रेरित गर्ने अपेक्षा लिएका छौँ— ‘म’को माध्यमबाट ।’ आज भन्दा तीन वर्ष अघि ‘पृथिवी पारी’लाई ल्याएका डाइनामिक नेपालले ‘म’लाई पनि बजारमा ल्याएको हो ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।