काठमाडौं । ‘मिस नेपाल वल्र्ड २०१९’को ताज अनुष्का श्रेष्ठले जिते पछि उनी अहिले चर्चाको पात्र बनेकी छिन् । २५ प्रतिष्पर्धीबाट १५ हुँदै अन्तिममा छानिएका ७ जनामध्ये प्रमुख निर्णायकले सोधेका प्रश्नको उत्कृष्ट जवाफ दिँदै अनुष्काले‘मिस नेपाल वल्र्ड २०१९’को ताज आफ्नो पोल्टामा पार्न सफल भएकी थिइन ।
मिस नेपालको यात्रा र भावी योजनाहरुको बारेमा अन्तरंग कुराकानी गर्नका लागि न्युज २४ टेलिभिजनले नियमित प्रस्तुति ‘६ प्रश्न’ कार्यक्रममा उनै ‘मिस नेपाल वल्र्ड २०१९’ विजेता अनुष्का श्रेष्ठलाई आफ्नो स्टुडियोमा नित्याएको थियो ।
मिस नेपालको ताज जितिसकेपछि अहिलेको समयमा विभिन्न मिडियालाई अन्तर्वार्ता दिनुका साथमा मिस वल्र्डको तयारीमा जुटिरहेकी उनको भनाइ छ । उनले भनिन्, ‘मिस वल्र्डको लागि ट्रेनरसँग भेट गर्ने, पूर्व मिस नेपाल श्रृङ्खला खतिवडासँग भेट गर्ने र टिमसँग सहकार्य गर्दै प्लानिङमा अहिलेको समय बितिरहेको छ ।’
उनले थपिन्, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्नका लागि हामीले पाँच वटा विधामा भाग लिन्छौं । पाँच जना मिस नेपाल छानिनुको मुख्य कारण यही हो ।अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने पाँचै जनाले नेपालको प्रतिनिधित्व गर्नुहुन्छ । त्यहाँ पुगिसकेपछि ‘फस्ट रनर अप’, ‘सकेण्ड रनर अप’ भनेर बोलाइदैन । नेपाल भनेर बोलाइन्छ । त्यसैकारण पाँचै जनालाई मिस नेपालको दर्जा दिइएको हो ।’
‘नेपालभित्र चाँही हामी सबैको एउटै काम हुन्छ । नेपालभित्र अथवा बाहिर बसेका नेपाली समाजका लागि एउटा अनुकरणीय ब्यक्ति बन्न खोज्नु नै हाम्रो मूख्य उदेश्य रहने हुन्छ ।’ उनले थपिन्, ‘मिस नेपालको ताज जितिसकेपछि राम्रो जिम्मेवारी पाए जस्तो महसुस भएको छ ।’
टिभी जर्नलिष्ट अञ्जुला बानियाँसंग गरेको कुराकानीको बाँकी अंश भिडियोमा हेर्नुहोस्ः
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।