एजेन्सी । प्रदर्शनमा रहेको सलमान कट्रिना अभिनित फिल्म ‘भारत’ले चार दिनमा बक्स अफिसमा १ सय करोडभन्दा माथिको व्यापार गरेको छ । इदको दिन रिलिज भएको फिल्मको कमाइको रफ्तार अझ जारी छ ।
आफु अभिनित फिल्मले ब्यापक कमाई र सफलता प्राप्त गरेपछि बलिउड अभिनेत्री कैटरिना कैफले खुसी व्यक्त गरेकी छन् । लगातार कैट्रिना कैफ अभिनित फिल्महरु नचलेपछि कट्रिनाको करियरमाथि नै प्रश्न चिन्ह उठीरहेको थियो जसले उनी निराश र तनावमा थिइन् ।
अहिले फिल्म ‘भारत’ हिट भएपछि यी नायिका खुसी भएकी हुन् । यो फिल्मले रिलिज भएको चार दिनमा शनिबारसम्म भारतीय बजारमा १२२ करोडको व्यापार गरिसकेको छ । फिल्मले अहिलेको व्यापारको हिसाबले २५० करोडको व्यापार गर्ने अनुमान गरिएको छ ।
फिल्मको सफलताबारे अभिनेत्री कैट्रिनाले सञ्चारकर्मीसँग भनिन्, ‘यो फिल्म राम्रो बनाउन सलमान खानसँगै हाम्रो पूरै टिमको मेहनत थियो । दर्शकको माया र साथका कारण अहिले फिल्म सफल भएको छ र हामी सबै यो सफलताप्रति खुसी छौं ।’
कोरिएन फिल्म ‘ओडी टु माई फाइद’को रिमेकका रूपमा निर्माण गरिएको भारतलाई अतुल अग्निहोत्रीले निर्माण गरेका हुन् । अली अब्बास जफरको निर्देशनमा बनेको फिल्ममा सलमान कट्रिनाका अलावा दिशा पटानी,ज्याकी श्राफ लगाएतको अभिनय रहेको छ ।
सलमान लगायत फिल्मका निर्देशकले फिल्म ‘भारत’का लागि शुरुमा नायिका प्रियंका चोपडालाई अफर गरेका थिए तर प्रियंकाले विवाहको कारण देखाएर फिल्म नगर्ने बताएपछि सलमानले कट्रिनालाई फिल्मका लागि प्रस्ताव गरेका थिए । ‘ठग्स अफ हिन्दुस्तान’ फ्लप भएपछि तनावमा रहेकी कैट्रिनाले सलमानको प्रस्तावलाई स्विकार गरेकी थिइन् कारण यसअघि पनि सलमानसँग अभिनय गरेको फिल्म ‘एक था टाइगर सुपरहिट’ भएको थियो ।
‘भारत’ले चर्चा बटुलेसँगै कट्रिनाको पनि करियर माथि उकासिने पक्का भएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।