काठमाडौं । नेपाली गीत/संगीतको क्षेत्रमा गायक शम्भु राई पूर्वेली लोक गीतका बाहशाहको रुपमा चिनिनुहुन्छ । उही पूर्वेली लोक गीतका बादशाह राईलाई न्यूज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ‘६ प्रश्न’मा नेपाली गीत/संगीतको विषयमा अन्तरंग कुराकानी गर्नकालागि निम्त्याएको छ ।
कुराकानीको क्रममा गायक राईले आफू गीत/संगीतको सामान्य विद्यार्थी भएको बताउनु भएको छ । गीत/संगीतमै सिक्ने, बुझ्ने र आफूले सिकेको, बुझेको कुरालाई श्रोतातथादर्शक माझ ल्याउने काम निरन्तर रहेको उहाँको भनाइ छ ।
आफू सिकाउने मनसायमा नरहेको बताउँनुहुँदै उहाँले भन्नुभयो, ‘एउटा गीत िसक्यो, जान्यो, गायो र त्यसलाई दर्शक श्रोताको बीचमा ल्यायो । फेरि अर्को गीत सिक्नै पर्ने, बुझ्नै पर्ने । आफूले त्यसलाई खोज्नै पर्ने हुन्छ । गीतको भावलाई बुझनै पर्ने हुन्छ । एउटा गीत गाउँदैमा पूर्ण होइदैन रहेछ ।’
ऊ बेला निकै रुचाइएको गीत ‘चलेछ बतास सुस्तरीको बारेमा कुराकानीगर्दै उहाँले भन्नुभयो, ‘‘चलेछ बतास सुस्तरी’ मेरो एउटा प्याटर्न हो, जुन म गीत–संगीत तथा रेडियोमा आएँ । म एउटागाउँको केटो, घाँस दाउरा गर्दा गर्दै गीत–संगीतमा रुची राख्ने मान्छे । म आफै पूर्ण लोक गीत गाउने गायकपनि होइन, म एकदमै अत्याधुनिक/आधुनिक गायक पनि होइन । मैले लोक र आधुनिकसंग मिश्रित रुपमा आफूले आफ्नो पहिचान त्यसरी लिएर आएँ । ‘चलेछ बतास सुस्तरी’तिनैलोक र आधुनिकको बीचको हो । लोक र आधुनिकको मिश्रित फ्युजन हुँदाखेरी ‘लोक’ ले पनि त्यसलाई स्वागत गर्ने र आफ्नो अपनत्व गरिदिने, आधुनिक गर्नेले पनि यस गीतमा अलिकति आधुनिक छ है भनेर अपनत्व गरिदिने । त्यो एउटा महसुस मैले गरेँ । सोहीकारण यो गीतले मलाई एउटा पहिचान दिएको छ ।’
गायक बन्नकै लागि धरानझर्नु भएको हो ? भन्ने प्रसंगमा उहाँले भन्नुभयो, ‘वास्तवमा २०३४ सालको साउन नौं गते म ढाकर र तोक्मासहित नौं रुपैयाँ बोकेर नुन लिन जन्मथलो धनकुटाबाट धरान झरेको थिएँ । तर, धरानमा झरिसकेपछि अलिकति सांगीतिक माहोलहरु भेटे । त्यसपछि चिनजान भयो, साथीभाई भए । त्यसरीनै अल्मलिँदाअल्मलिँदै अहिलेसम्म नुनलिएर फर्कन सकिरहेको छैन । म आफ्नो जन्मघर जान्छु/आउँछु तर नुननै लिएर जन्मथलो पुग्न सकेको भने छुइन । र त्यहाँको संस्कार–संस्कृतिले, छिमेकीले शम्भु राई कहिले नुन लिएर आउँछ भनि पर्खिरहनुभएको छ । कुनै दिन म नुनलिएर जानेछु ।’
उहाँले थप्नुभयो, ‘गीत/संगीतमा झुकाब राख्ने मान्छे– मन पथ्र्यो । अनि रेडियोहरुबाट गीत सुनिन्थ्यो । नारायणगोपाल दाईको, नविन केशर राई लगायतको गीत सुन्थे । त्यस्तै धेरै सिनियर दाईहरुको गीत सुन्थे ।कसैले रेडियो बजायो भने पछि–पछि कुदेर जान्थेँ । त्यति सानो रेडियोमा कति धेरै मान्छेहरु अटेका होलान् भन्ने लाग्थ्यो । कसरी बोल्छन् होला जस्तो लाग्थ्यो । र बाँसको ढुङ्ग्रो बनाएर आफैले सुइरो हालेर गीत गाएर पनि हेर्थेँ । त्यसैले पनि गीत/संगीतमा मेरो झुकाब चाँही थियो ।’
रेडियो नेपालमा प्रवेश गर्न सहज थियो त भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘रेडियो नेपालमा प्रवेश गर्न निकै गाह्रो थियो । त्यतिबेला एउटा मापदण्ड थियो, स्वर परीक्षा पास गर्नुपथ्र्यो । गाउने गीतको शब्दहरु पास हुनुपथ्र्यो । आफूले गाएको गीतको लय÷भाकाहरु पास हुनुपथ्र्यो । कसैसँग मिल्नुहुँदैनथ्यो । मिल्यो भने गाउन पाइदैनथ्यो । शब्द तथा भावहरु कसैसँग जुध्न गएमा गाउन पाइदैनथ्यो । स्वर पास भएपछिमात्र गायक हुन पाइन्थ्यो र रेडियो नेपालले सर्टिफिकेट दिन्थ्यो । आफ्नो गीत रेडियो नेपालमा बज्दाखेरी आफूलाई एक किसिमको गर्व लाग्थ्यो । म नेपालको एउटा राष्ट्रिय कलाकार हुँ, जस्तो लाग्थ्यो ।’
राईको नजरमा अहिलेको गीत संगीतको अवस्थाः
अहिलेको गीत/संगीत सकिनै सकेको त छैन, तर सकिने र आफ्नो पहिचानहरु मेटिने अवस्थाको चाँही सुरुवात भइसकेको छ । मेहेनत, परिश्रम र सिर्जनामा साँच्चिकै मेहेनत गर्नु पर्छ भन्ने धेरै कम भइसकेको छ । हिजोका गीत–संगीतहरुले हामीले कतिपय च्यालेञ्ज गरिरहेको थियो ?कति धेरै अर्ति उपदेशहरु दिइरहेको थियो? सन्देश, पहिचान, राष्ट्र, राष्ट्रियता, नेपाली तथा गौरबताको एउटा महसुस गराउँथ्यो । देशको लागि मैले पनि साहित्य, कला, गीत÷संगीतमार्फत योगदान दिएको छु, जस्तो महसुस हुन्थ्यो । तर, अहिलेका नयाँ कलाकारहरु पन्छिएका हुन् कि जस्तो लागिरहेको महसुस हुन्छ ।
उहाँले थप्नुभयो, ‘नयाँ सिर्जनागर्नुको साटो पूरानो सिर्जनालाई नै मोडिफाई गरेर बजार ल्याइँदा हाम्रो सिर्जना र पहिचान चाँही कतै हलिउड र बलिउडको जस्तो पो हुने होकी ? यस क्रियाकलापलाई निरन्तरता दिदै जाँदा हाम्रो पहिचान सकिएर अरुको पहिचान तिर पो पुगिन्छ कि? समुन्द्र पारी पो पुगिन्छ कि भन्ने कुरा हो ।
गलबन्दी विवाद प्रकरणः
मेरो चित्त दुखाईको कुरा भन्दापनि मैले एउटा सिस्टमको कुरा गरेको हुँ । मेरो हजारौं गीतहरुमध्ये एउटा थेगो मिल्दैमा मेरो सर्वश्व चाँही भएको होइन । मात्रै संयोगले हो, अन्जानमा हो या गर्दै जाँदा मिल्न पुग्यो कि नियतबस गरियो, यदि नियतबस गरिएको हो भने त्यसलाई करेक्शन गर्दा राम्रो हुन्छ । फिल्ड एउटै हो । कसैले कसैलाई होच्याएर/निमोठेर कुनै अर्थ छैन । त्यो समस्या आयो तर समाधान गर्दा राम्रो हुन्छ जस्तो मलाई लाग्छ ।
लोकगीत भनेको शम्भु राईले बनाउन सक्दैन, लोकगीत त्यसै बनाएर बनिने होइन । एउटा लोकगीत जन्मनलाई हजारौं बर्ष लाग्छ, दशौं हजारौं वर्ष लाग्छ । जस्तै उदाहरणकालागि मालश्री धुन कसको हो ?कसले बनाएको हो ? राई जातिहरुको चण्डी, पापनी, मुन्धुमकसले बनाएको हो, कसैलाई थाहा छैन नि ? त्यत्रो बनाउने हैसियत शम्भु राईको विवेक छैन ।
तर, मैले ‘देउसी भैलो’ गीत २०४८ सालमा रेकर्ड गरेको हुँ । र पछिल्लो समय प्रविधिले फड्को मारेसँगै ५/६ वर्षअघिमात्रै ‘देउसी भैलो’को रुपमा म्युजिकभिडियो बनाएर दर्शक श्रेतामाझ ल्याएको हुँ । ३३ मिनेट लामो भिडियो छ, अझैं पनि विशेष वर्पहरुमा दर्शक श्रोतामाझ तहल्का पिटिरहेकै छ ।
आफ्नो भाकाको रि–क्रियशनबजार अरुले ल्याउँदा तत्कालै फाइदा पुगेजस्तो देखिएतापनि पछिको रिजल्ट हेर्दा म आफू चाँही डुब्लिेकेट हुन्छु तर, नयाँ पुस्ता ओरिजिनल हुन्छन् । उनीहरु स्थापित भइसकेका हुन्छन् तर, मेरो क्रियशनहरु हरेक दिन ओझेलमा परिरहेको हुन्छ ।
ओझेलमा परेको कुरा चाँहीपछि डुब्लिकेट हुन्छ । मेरो सिर्जना पुरिदै गएको हुन्छ, त्यहाँ श्रद्धाञ्जलीको फूलबाहेक अरु केही हुँदैन । त्यसको पहिचान मेटिसकेको हुन्छ । नयाँहरु स्थापितभइकसेका हुन्छन् । मैले कुनै ब्यक्तिलाई दोष दिन्न । यस्तो चलनचल्तीले सबैको अस्तित्व मेटिदै जान्छ । टिभी जर्नलिष्ट अञ्जुला बानियाँले गायक शम्भु राईसंग गरेको अन्तरंग कुराकानी विस्तृतमा ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।