काठमाडौं । किरात समूदयाले उभौली (वैशाखे) र उधौली (मंसिरे) पूर्णिमामा साकेला चाड हर्सोल्लासमय मनाउने गरेका छन् । किरात समूदयाले ढोल, झ्याम्टा, अर्नाको सिङ, पुङ, शिलिखोङ बजाउँदै सेउली र चौंरीको पुच्छर हल्लाउँदै साकेला गीत गाउँदै गोलाकारमा नाच्छन् ।
नव गायिका झरना राईले पनि यस्तै मौलिक पहिचान बाेकेकाे साकेला सम्बन्धी नयाँ गीत बजारमा ल्याएकी छन् । किरात समुदायमा मनाइने उभौँली र उधौली नाच्दा बजाइने साकेला भाका ‘चौबन्दी चोली फरिया लाएर, नाचौं सँगसँगै साकेला गाएर’ बाेलकाे गीत सार्वजनिक गरेकी हुन् ।
भिडियाे
[embedded content]
उक्त गीतमा गीतकार देव राईको शब्द तथा मनोज साङ्सोनको सङ्गीत रहेकाे छ भने सङ्गीत संयोजनमा रेकर्ड गराएका हुन् । गीतकाे म्युजिक भिडियाेमा गायीका राई आफ्नैले फिचरिङ्ग पनि गरेकी छन् । राजु कार्कीले ध्वनि मुद्रण तथा सम्पादन गरेका यस गीतको भिडियो जस्केलो कृयशनले तयार गरेको हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।