काठमाडौं । ईदको अवसरमा रिलिज भएको अभिनेता सलमान खानको ‘भारत’ले बक्स अफिसमा अझैं पनि धमाका मच्चाइरहेको छ । फिल्मले पहिलो दिन जबरदस्त ओपनिङ गरेको थियो । रिलिज भएको १५ दिन वितिसक्दा पनि फिल्मले बक्स अफिसमा राम्रो कमाई गरिहरेको छ ।
रिलिज भएको दोस्रो साता पूरा भएसँगै बक्स अफिसमा ‘भारत’ले दुई सय करोडको क्लबमा इन्ट्री गरिसकेको छ । ट्रेड एनालिष्ट तरण आदर्शले सोसल मिडियामा ‘भारत’ फिल्मको कलेक्शनको आँकडा सेयर गर्दै भनेका छन्– ‘भारत’ले जबरदस्त तरिकाले दुई सय करोडको आँकडा पार गरेको छ । फिल्म यस्तो दमदार छ कि क्रिकेट वल्र्डकपको जूनूनपछि पनि बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।’
यो फिल्मले प्रत्येक दिन दुईदेखि चार करोडसम्मको ब्यापार गरिरहेको छ । त्यसोत, शुक्रबारबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको शाहिद कपुरको फिल्म ‘कबिर सिंह’ले भारतको कमाईमा केही असर गर्नसक्नेछ । तर, पनि स–साना शहरहरुमा सलमानको ‘भारत’ले राम्रो कमाई गर्नसक्नेछ । यो फिल्मले २५० करोडको कमाई गर्न सक्ने आँकलन गरिएको छ ।
फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । फिल्ममा सलमान खान र क्याट्रिना कैफको साथमा दीशा पटानी, ज्याकी श्रफ, तब्बु, सुनिल ग्रोवर लगाएतको पनि मुख्य भूमिका रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।