डोटी । डोटीको जोरायल गाँउपालिकाले आफ्नो विकास बजेटबाट फिल्म निर्माणमा खर्च गर्ने भएको छ । गाँउपालिकाको कार्यपालिकाको बैठकले अभिनेता विराज भट्टले निर्माण गर्न लागेका फिल्म ‘साङ्लो’का लागि १० लाख छुट्याएको छ ।
गाँउमै सुटिङ हुन लागेकाले पर्यटन प्रर्वद्धन हुने भन्दै गाँउपालिकाले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्षको तर्क छ । तर, स्थानीयहरुले भने विकासका काम छाडेर आफ्नो फिल्म खेल्ने रहर पूरा गर्न फिल्मलाई १० लाख दिएको आरोप लगाइरहेका छन् ।
गाउँमा खानेपानी, सडक, शिक्षा, स्वास्थ्य जस्ता आधार सुविधानै नभएको गाँउपालिकाकी उपाध्यक्ष जमूना बोहोराका बताउछ् ि। आधारभुत आवश्यकता नै पूरा नभएको गाउँपालिकाले फिल्ममा लगानी गर्नु कत्तिको जायज छ ? भन्ने बिषयमा अहिले स्थानीयदेखि सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ ।
गाँउपालिकाले बजेट छुट्याउनुको अर्को कारण भने फिल्ममा गाँउपालिका अध्यक्ष दुर्गादत्त ओझाले अभिनय गरेका छन् । गाँउपालिकाको विकास बजेट पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने हुन्छ ।
तर स्थानीय तहमा गएको बजेट कार्यपालिकाले बैठकको निर्णयबाट खर्च गर्न पाइने नियम छ । तर फिल्म निमार्णमा बजेट खर्च गर्नु सान्दर्भिक नभएको अधिकांशको तर्क छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।