काठमाडौँ । पछिल्लो समय धेरै जना कलाकार निर्देशक बनिरहेका छन् । त्यसै भिडमा रहेका व्यक्ति हुन विक्की पुलामी खडक । लामो समयदेखी मोडलिङमा रमेका विक्की पछिल्लो समय निर्देशकको रुपमा देखा परेका छन् । युवा समाजसेवीको रुपमा काम गरेका विक्की मोडल हुँदै निर्देशसम्म भएका छन् । धेरै ओटा गीतमा मोडलिङ गरेका विक्की करिब ३ वर्ष देखी अमेरिकामा बसोबास गरिरहेका छन् । नेपालमा संर्घषरत जीवन विताएर मोडलिङमा आफ्नो माग बढ्दै गर्दा अमेरिका हानिएका विक्की, सात समुन्द्र पारीबाट नै म्यूजिक भिडियो लयाउने गर्छन् फरक यति भएको छ पहिला उनी पर्दाका हिरो थिए अहिले पर्दापछाडीको हिरोको रुपमा देखा परेका छन् ।
परदेशको व्यस्त जिवन विताइरहेका विक्की नियमित काम म्युजिक भिडियोहरु निर्देशन अनि स्टेज कार्यक्रमहरुमा नै व्यस्त रहेका छन् । नेपालमा मोडलिङमा माग बढ्दै गर्दा चटकै माया मारेर अमेरिका पलायन भएका उनी आफुलाई विदेश पलायन भन्दा अध्ययन र सिकाइ महत्वपुर्ण भएकोले सिक्न कै लागी अमेरिका आएको बताउँछन् । आफु सिकाईको लागि आएको र केही आफ्नो सिकाईको उद्देश्य पुरा भएपछि पून नेपाल नै फर्किने साेच बनाएका उनी बाध्यता र त्यही कुराले नै अमेरिका केही समय बस्न बाध्य बनाएका बताउन् । उनले निर्देशन गरेको सात समुन्द्र पारी बोलको गीतको म्युजिक भिडियो पछिल्लो समय नेपाली सांगितिक बजारमा चलेको गीत हो ।
देश छोडेपनि कलाकारितालाई माया मार्न नसकेका उनी जसरी नेपालमा आफ्नो जन्म भुमि सर्लाहीबाट काठमाण्डौँ धेरै कुरा सिक्दै आफु परिपक्व भए त्यस्ते आफ्ना उद्देश्य पुरा गर्नयति ज्ञानमात्र काफी नहुने सोचेर अमेरिका आएको हुँ, उनले भने कलाकारिका मेरो नसामा बग्ने रगत हो, त्यस बिना त बाच्न सक्ने कुरैभएन ।
कलाकारितामा प्रवेश गर्नुपुर्व म एउटा खेलाडी थिए, उनले भने म करातेमा ब्लाक बेल्ट हाँसिल गरेको खेलाडी हुँ । तर ति सबै कुरा छाडेर पनि म अहिले पनि कलाकारिता, वा म्यूजिक भिडियो निर्देशनमा नै लागेको छु भने यहीबाट स्पष्ट हुन्छ यो पेसा मेरा लागि कस्तो हो । युवा समाजसेवीको रुपमा समेत क्रियाशिल रहेका पुलामी भन्छन्, मलाई लाग्छ समाजसेवा भनेको कुनै सामाजिक संगठन खोल्दैमा र आबद्ध हुँदैमा समाजसेवा हुन्छ भन्ने गलत हो । म जुन स्थानमा भएपनि समाजसेवा पनि छोडेको छैन ।
कलाकारिता पेसापनि उक किसिमको समाजसेवा नै हो । म यस्तो त्यस्तो हुँ भन्नु भन्दा पनि एक असल नागरिक समाज विकासको लागि समाजको सकारात्मक विकासमा असल कार्य उपयुक्त हुन्छ भन्ने मानसिकता भएका मानिस हुँ । खासमा समाजसेवीको न जात हुन्छ न धर्म वा न कुनै देश हुन्छ, मैले आफ्नो ठाँउबाट सकेको समाजसेवा अहिले पनि गरिरहेको छ ।
अभिनयमा पोख्द विक्की आफुलाई निर्देशन पहिले देखी कै चाहना रहेको र त्यो चाहना परदेशमा आएर पूर्णरुप खोजेको बताउनुभयो । निर्देशनमा सृजनशील धेरै हुने भएकोले पनि आफुलाई निर्देशक भएको बताउछन् । प्राय निर्देशक पर्दाको हिरो भएको पछाडी आफ्नो रुची बन्न पुग्यो । समय, परिस्थिति र वातावरण अनुसार आफुलाई डोर्याउन मात्र खोजेको भए पनि यदाकदा आफुले निर्देशन गरेको म्युजिक भिडियोहरूमा आफै फाट्टफुट्ट देखिने गरेका विक्की आफुलाई म एक “सचेत युवा” भन्न रुचाउछन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।