एजेन्सी । आलिया भट्ट र रणवीर कपूर बलिउडको चर्चित जोडी मध्ये एक हो । यो जोडी अनलाइन र अफलाइन दुवै दुनियामा चर्चित छ । यो जोडी केही दिन अगाडि मात्र आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र’को सुटिङ सकेर घर फर्किएका छन् ।
आलिया र रणवीरले अहिलेको समयमा क्वालिटी समय बिताइरहेका छन् । बम्बे टाइम्सलाई भर्खरै दिएकी अन्तर्वार्तामा अभिनेत्री आलिया भट्टले रणवीर कपूरसँगको आफ्नो सम्बन्धको बारेमा खुलेर कुराकानी गरेकी छन् ।
उनले भनिन्, ‘यो रिलेशनशीप होइन, एक असल मित्रता हो । मैले पूर्ण इमान्दारिताका यो भनिरहेकी छु । यो निकै उत्कृष्ट छ । सबै भन्दा राम्रो पक्ष भनेको अहिले हामीले आफ्नो प्रोफेशनल जीवन खुलेर बिताइरहेका छौं । रणवीर र मैले लगातार आफ्नो फिल्मको सुटिङ गरिरहेका छौं । जहाँ तपाईहरुले निरन्तर साथ दिइरहनुभएको छ ।’
उनले थपिन्, ‘यो एक सहज नाताको निशानी हो । कसैको नजर नलागोस् ।’ अभिनेत्री आलियाले यो पनि खुलासा गरेकी छन् कि रणवीरले उनलाई धेरै स्ट्रेस नलिन पनि सल्लाह दिदै आएका छन् ।
आलियाले भनिन्, ‘मैले उनको बारेमा धेरै स्ट्रेस लिने गर्छु, मैले आफूलाई नियन्त्रण नै गर्न सक्दिन ।’ रणवीर र आलिया स्टारर् ‘ब्रह्मास्त्र’ २०२० मा दर्शकमाझ रिलिजमा आउँदैछ । फिल्मलाई अयान मुखर्जीले निर्देशन गरेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।