काठमाडौं । गीतकार ममता राई (यात्री’को नयाँ गीत सार्वजनिक गरिएको छ । गायिका मिलन नेवारको आवाजमा ‘सातै रंङ्गी’ गीतको भिडियो सोसल मिडिया युट्युव मार्फत सार्वजनिक गरिएको हो ।
गीतलाई पवल चाम्लिङ राईले संगीतबद्ध गरेका छन्, भने एरेञ्ज पनि आफैले गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा कविता नेपाली फिचर्ड छन् । उनलाई शम्भूराज राई, मनिष लिम्बु, सिम्रन पुन, नुमा राई, केहरसिंह लिम्बु, निरुषा राई, नेहारा तामाङ र करुणा राईले साथ दिएका छन् ।
मेग्ना मगरको कोरियोग्राफी रहेको ‘सातै रंङ्गी’ गीतको भिडियोलाई इन्द्र जिजिविशा निर्देशन गरेका हुन् । शान्तिराज राईले भिडियोलाई निर्माण गरेका हुन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।