काठमाडौं । ‘वि विल राइज फाउनडेसन’ले आयोजना गरेको भिडियो च्यालेञ्ज प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ पब्लिक च्वाइस अवार्डको मनोनयनमा परेका उत्कृष्ट १२ भिडियो सार्वजनिक गरिएको छ । ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागार गर्ने प्रयास अनुरुप नेपालमै पहिलो पटक आयोजना भइरहेको ‘टुरिजम डेस्टिनेशन भिडियो च्यालेञ्ज अवार्ड’को
अन्तिम घोषणा यही असार १६ गते काठमाडौँको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजना गरिने भएको छ ।
पब्लिक च्वाइस अवार्डमा धेरै मत ल्याउने उत्कृष्ट एउटा भिडियोलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भिडियो च्यालेञ्ज प्रतियोगिताका आयोजक वि विल राइज फाउन्डेसनले जनाएको छ । यसका साथै नेपाल फिल्म एकेडेमीले २ लाख बराबरको फिल्म सम्बन्धि अध्ययनको लागि एक बर्षको छात्रवृति प्रदान गर्नेछ ।
आधिकारिक फेसवुक पेज र युट्युव च्यानलमा पिपुल्स च्वाइसका लागि छनोट भएका भिडियोहरुमा आएका लाइक र रियाक्ट र भिडियोको भ्युजलाई मुख्य आधार बनाएर विजेता भिडियोको घोषणा गरिने बताइएको छ ।
छनौट परेका १२ उत्कृष्ट भिडियोहरुः
१. थाक ठिनी – संजोग थकाली
२. दैलेख – टीएनएल प्रोडक्सन
३. सोलु दुधकुण्ड – सोलु दुधकुण्ड नगरपालिका
४. डगुरा थारु – कुलदीप न्यौपाने
५. छठ पुजा – कुमार भास्कर
६. सन्दकपुर – सन्दकपुर नगरपालिका
७. मानुङकोट – आर्यन कुँवर
८. रामारोशन – सन्तोष उपाध्याय
९. रोलिंग मोनास्ट्री – रेशम राज रोकाया
१०. लिग लिग पहिलो पाइला – सुदिप गिरी
११.खजर्नी टु सिंगला – जम्बुलिंग फिल्म्स
१२.राइनास – बिक्रम न्यौपाने
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।