काठमाडौं । शाहिद कपुर अभिनित फिल्म ‘कविर सिंह’ले बक्स अफिसमा राम्रो ब्यापार गरिरहेको छ । यो फिल्मले पहिलो साता मल्टिप्लेक्स, सिङ्गल स्क्रिन्स, मेट्री सिटिज र मास वेल्ट हरेक सर्किटमा जमेर ब्यापार गरेको छ । ट्रेड एनालिष्ट तरण आदर्शका अनुसार ‘कविर सिंह’ले सातौं दिन अर्थात विहीबार मात्रै पनि १३.६१ करोडको कमाई गरेको छ । यो फिल्मले विहीबारसम्म १३४.४२ करोडको ब्यापार गरिसकेको छ ।
तरण अदर्शले ट्वीट गर्दै लेखेका छन्, ‘बक्स अफिसमा ‘कविर सिंह’ले राम्रो ब्यापार गरिहरेको छ । शाहिदको यस फिल्मले दोस्रो साताभित्र २०० करोडको आँकडा पार गर्न सक्नेछ । ओपनिङ–डे अर्थात शुक्रबारका दिन यो फिल्मले २०.२१ करोडको ब्यापार गरेको थियो । त्यस्तै फिल्मले शनिबार २२.७१ करोड, आइतबार २७.९१ करोड, सोमबार १७.५४ करोड, मंगलबार १६.५३ करोड, बुधबार १५.९१ करोड र विहीबार १३.९१ करोडको बक्स अफिस कलेक्शन गरेको छ ।’
२०१९ मा रिलिज भएका ठूला बलिउड फिल्महरुको तुलनामा शाहिदको ‘कविर सिंह’ राम्रो कमाई गरिरहेको छ । नन होली–डे रिलिज तथा एक्सटेंडेड विकेन्ड नपाएपनि ‘कविर सिंह’को कमाई उल्लेखनिय छ । सलमान खानको भारतले ९ दिनमा १८०.०५ करोडको ब्यापार गरेको थियो ।
त्यस्तै, केसरीले ८ दिनमा १०५.८६ करोड, गल्ली ब्बायले ८ दिनमा १००.३० करोड र टोटल धमालले ७ दिनमा ९४.५५ करोडको ब्यापार गरेको थियो । यसैबीच ‘कविर सिंह’ले ७ दिनमा १३४.४५ करोडको उत्कृष्ट ब्यापार गरेको छ ।
यो वर्षको सबै भन्दा ठूला फिल्महरु सलमान खानको ‘भारत’ बाहेकका अन्य फिल्मलाई ‘कविर सिंह’ले पछि पारेको छ । सलमानको प्रदर्शनरत ‘भारत’ भन्दा पनि शाहिद कपुरको ‘कविर सिंह’ले दर्शकहरुको राम्रो रेस्पोन्स पाइरहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।