काठमाडौं । हिन्दु नारीहरूको महान् पर्व तिज आउन लगभग दुई महिना नै बाकीँ छ तर
कलाकारहरुलाई तीजले छोपिसकेको छ । युट्युबमा तीजका गीतहरू धमाधम सार्वजानिक हुन थालेको छ ।
यसैक्रममा अर्जुन पन्त, उमा खड्का र विष्णु परिवारको स्वरमा रहेको तीज गीत सार्वजनिक भएको छ। पन्तको शब्द र खड्काको संगीतमा रहेको ‘दिदी-भाई’ बोलको गीत युट्युबाटमर्फत सार्वजनिक गरिएको हो ।
भिडियाे
[embedded content]
बिशेषगरी जन्म घरबाट कर्मघर पुगेपछि त्यहाँको कयौँ बाधा अर्चना सामना गर्दा पनि वर्ष दिनको चाड तीजमा आफ्नो माइती घर जान नपाएको पिडा यस गीतले बोलेको छ । गीतमा दिदीभाईको सम्बन्धलाई उतारिएको छ ।
गायक पन्त, दुर्गा पाठक, युना भुसाल र प्रेमील सेढाईको अभिनयमा रहेको करिब साढे आठ मिनेटको गीतले दिदीभाईको सम्बन्ध कस्तो हुन्छ भनेर देखाइएको छ ।
उक्त गीतको भिडियोलाई दिनेश मुस्कानले निर्देशन र खिचेका हुन भने गोपाल कुमार विसीले सम्पादन गरेको हुन ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।