एजेन्सी । पछिल्लो समय ब्याक टु ब्याक हिट फिल्म दिएर चर्चामा आएका अभिनेता रणवीर सिंह चाँडैनै क्रिकेटर कपिल देवको भूमिकामा फिल्म ‘८३’मा देखिंदैछन् । रणवीर अहिले यसै फिल्मको शुटिङका लागि लागि लण्डनमा छन् ।
शनिवार रणवीरले आफ्नो जन्मदिन मनाए यसै अवसरमा उनले आफ्ना फ्यान तथा दर्शकका लागि अपकमिङ फिल्म ‘८३’को पोष्टर लुक्स शेयर गरे । जुन पोष्टरमा रणवीरलाई हुबहु कपिल देव देखिएको छ । पोष्टर हेरेपछि प्रशंसकहरुले उनको लुक्स निकै मन पराएको प्रतिक्रिया दिइरहेका छन् ।कपिल देव भारतीय क्रिकेटका एक सफल खेलाडि हुन् जसले सन् १९८३मा भएको
क्रिकेट वर्ल्ड कपमा भारतलाई जित हात पार्न प्रमुख भूमिका खेलेका थिए ।
फिल्मको पोस्टरमा रणवीरले सेतो जर्सी लगाएका छन् र हातमा बल छ कपाल कपिलकै जस्तो घुम्रिएको छ । यस फिल्ममा कपिलको श्रीमती रोमी भाटियाको भूमिकामा उनकै रियल जोडि दीपिका पादुकोणलाई देख्न सकिने छ ।फिल्म वर्ष १९८३ मा भएको वर्ल्ड कपमा आधारित छ । रणवीरले कपिलदेवको क्यारेक्टरमा अभिनय गर्न लण्डन जान अघि कपिलदेवको घरमा १० दिन बिताएका थिए ताकि उनको रहनसहन जिवनशैली बुझ्न सकियोस् ।
रामलीला,पद्मावत,बाजीराव मस्तानी जस्ता हिट फिल्म दिइसकेका यो जोडीले अभिनय गरेको यस फिल्मलाई पनि दर्शकले अत्यधिक मन पराउने आश गरिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।