काठमाडाैं । छिन्नलता नव प्रतिभा पुरस्कार – २०७५ बाट गायक प्रकाश सपुत र गायिका शान्ति श्रि परियार सम्मानित छन् भएका । गत वर्ष रिलिज भएको गीत ‘बोल माया’का लागि यी दुईले पुरस्कार पाएका हुन् ।
बैदेशिक रोजगारी र त्यसले निम्त्याएको मार्मिक सन्दर्भलाई लिएर गाइएको यस गीतको भिडियाेलाई सर्वाधिक रुचाइएको थियो । गीतलाई हाल सम्म १ करोड तीस लाख पटक भन्दा बढी हेरिएको छ । पुरस्कार प्राप्त गरे संगै खुशी साट्दै प्रकाश सपुतले सामाजिक संजालमा राष्ट्रिय स्तरमा पाएको ठूलो पुरस्कारले आफुलाई थप हौस्याएको बताएका छन् । उनी अगाडि लेख्छन् ‘यात्रा भर्खर शुरु भएको छ यदि यात्रा रोकिइ हालेछ भनेपनि सन्तोष मान्ने गह्रुङ्गो पुरस्कार पाएको छु ।’
प्रकाश लेख्छन् :
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।