काठमाडौं । नायिका शिल्पा पोखरेल निर्देशक तथा पति छविराज ओझा बिरुद्ध अदालत जाने भएपछि ओझाले पत्नी एवं नायिका शिल्पा पोखरेललाई घर फर्किन आग्रह गरेका छन् । निर्देशक तथा पति छविराज ओझाबाट निरन्तर हातपात भएको भन्दै नायिका शिल्पा पोखरेल गत साता उनीबिरुद्ध उजुरी लिएर प्रहरी समक्ष पुगेकी थिइन् ।
आफूमाथि घरेलु हिंसा गरेको भन्दै गत साता महानगरीय प्रहरी परिसर(टेकु)मा उजुरी दिएकी शिल्पा र छबीबीच प्रहरी कार्यालयमा ‘सहमति’ भए पनि उनी घर गएकी छैनन् । प्रहरी समक्ष भएको छलफलमा छबीले माफीसमेत मागेको बताइएको छ । तर शिल्पाले अब सँगै बस्न नसक्ने भन्दै अदालत गएर पारपाचुकेको तयारी गर्ने बताउँदै आएकी छिन् ।
शिल्पाले अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको थाहा पाएपछि छबीले फेसबुकमा उनको नाममा स्टाटस राखेको हुन सक्ने बताइएको छ । स्टाटसमा उनले लेखेका छन्-
शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन रु यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।