एजेन्सी । बलिउडकी फिटनेस आइकन भनेर चिनिने शिल्पा शेट्टी बलिउडमा प्रवेश गरेको २५वर्ष भइसकेको छ । उनी फिल्मी दुनियाबाट पर रहेको पनि १२ वर्ष पुरा भयो तर उनी विभिन्न टेलिभिजन रियालिटी शोहरुमा भने देखिइरहेकी छिन् । तर १२ वर्षपछाडि शिल्पा पूनः एक पटक ठूलो पर्दामा देखिने भएकी छिन् ।
डीएनएको रिपोर्ट अनुसार, शिल्पा दिलजीत दोसाँझ र यामी गौतमको आगामी कमेडी फिल्म मार्फत बलिउड प्रवेश गर्न लागेकी हुन् । फिल्मको नाम भने अहिलेनै खुलिसकेको छैन। खवरअनुसार शिल्पालाई स्क्रिप्ट मन परिसकेको बताइएको छ र उनले काम गर्न स्विकार गरेकी छिन् ।
फिल्ममा शिल्पाको भूमिका निकै फरक हुने बताइएको छ । शिल्पाले फिल्ममा लेखकको भूमिका निभाउँदैछिन् । लण्डन र ग्रीसमा एक महिनाको छुट्टी मनाएर फर्केपछि उनले यस फिल्मको शुटिङ शुरु गर्ने बताइएको छ । शिल्पाले अब्बास मस्तानको १९९३को थ्रिलर फिल्म ‘बाजीगर’मा शाहरुख तथा काजोलसँग फिल्मी करियर शुरु गरेकी थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।