- भगतराम थारु
नेपालगन्ज, ०६ साउन । अहिलेको चर्चित थारु गायक विश्वसागर परियारले कैलालीमा दिल लगाउन धमाकेदार म्युजिक भिडियो लिएर आउँदै हुनुहुन्छ ।

थारु गायक विश्वसागर परियार र चर्चित गायीका सुमन चौधरीको स्वरमा रहेको थारु गीत कैलालीमा ‘दिल लागि तोहार दिलमे आग लागि, तोहार फिगर देखके चारुओर बबाल मचि’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्ने तयारीमा रहेको गायक परियारले जानकारी गराउनुभयो ।
कैलालीमा दिल लगि बोलको गित अलि फरक खालको रहेको हुनाले यसले धमाका मच्चाउने गायक परियारले जिकिर गर्नुभयो । चर्चित गायक बाँकेबासी भएपनि कैलालीमा आग लगाउने भएको गायक परियारले भन्नुभयो । कैलाली जिल्लालाई लक्षित गरिएको गितमा परियारले धमाकेदार गीत भएको दावी गर्नुभयो ।
कलाकारहरुको भुमिका पनि धमाकेदार रहेको हुनाले बाँकेमा नभए पनि कैलालीमा आग लगाउने गायक परियारको भनाई छ । कैलालीमा दिल लगि बोलको गीतमा अहिलेका चर्चित कलाकार सन्दिप विसी र दिक्षा चौधरी रहेका छन् । गीतको छायाङकन कपिलबस्तु, लुम्बिनी, बाँके र कैलालीका विभिन्न ठाउँमा गरिएको कलाकार सन्दिप विसीले जानकारी दिनुभयो ।
आरकेसी डिजिटल स्टुडियो पिपरी कोहलपुरबाट केही दिनमै सार्वजनिक हुने आयोजक टिमले जनाएको छ । छायाङकन पनि आरकेसीका डाइरेक्टर रामु चौधरीले गर्नुभएको छ भने डाइरेक्टर गायक परियार आफैले गर्नुभएको छ । शव्द संगित सुखलाल चौधरीको रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।