एजेन्सी । ‘कबीर सिंह’ भन्दा पहिले शाहिद कपूरको फिल्मी करियर खासै राम्रो अगाडि बढेको थिएन । तर पछिल्लो रिलिज भएको फिल्म ‘कबीर सिंह’ले शाहिदको फिल्मी उडानमा रफ्तार छाएको छ ।
यस अघि एउटा फिल्मका लागि शाहिदले १०।१२ लाख लिने गरेका थिए तर ‘कबिर सिंह’को रिलिज पश्चात शाहिदले पारिश्रमिक चौगुना बढाएका छन् । अहिले उनले एउटै फिल्मका लागि ४० करोड भारु माग गरेका छन् ।
भारतीय संचार माध्यमका अनुसार हालै शाहिदलाई तेलगू फिल्म जर्सीको रिमेक भर्सनका लागि उनले ४० करोड मागेको बताइएको छ । शाहिदले ‘कबीर सिंह’ फिल्म प्रमोशनका क्रममा आफुसँग फिल्मको खडेरी परेको र फुर्सदै फुर्सद भएको बताएका थिए । उनले यदि यो फिल्म पनि चलेन भने फिल्म इन्डस्ट्रीबाट पलायन हुनसक्ने संकेत गरेका थिए ।
भाग्यबस शाहिद अभिनित फिल्म ‘कबीर सिंह’ सुपरहिट भयो ।उनको अहिले बलिउडमा निकै डिमाण्ड बढेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।