- भगतराम थारु
नेपालगञ्ज । बाँके बैजनाथ गाउँपालिका वडा नं. ३ नौवस्ताका विकास विक नेपाल आर्मीको जागिर छाडेर कलाकारिता पेशामा लागेका छन् । नेपाल आर्मीमा करिब ६ बर्ष जागिर गरेर उनी अहिले नेपाली, थारु गीतमा नृत्य निर्देशन गरिरहेका छन् । विगत १ वर्षदेखि म्युजिक भिडियोको छायाङकन तथा मोडलिङमा व्यस्त रहेको उनी बताउँछन् ।
जागिर गर्नुभन्दा आफु जन्मेको हुर्केको ठाउँको कला संस्कृतिलाई जोगाउन कलाकारिता पेशा अँगालेको उनी बताउँछन् । एक बर्षमा १० वटा म्युजिक भिडियोमा मोडलिङग तथा डाइरेक्टरकोे भुमिका निभाइ सकेको मोडेल विकासले भने ।
अहिलेसम्म ४ वटा थारु र ६ वटा नेपाली म्युजिक भिडियो भुमिका नभिाएको उनले बताए । जसमध्ये सवैभन्दा बढि दर्शकले ‘हाई व्युटि छैली’ बोलको थारु गित मन पराएको उनले बताए । अहिले भर्खरै ‘करेन्ट मारे’ बोलको थारु म्युजिक भिडियोको छायाङकन सकिएको र बजारमा आउनले तयारीमा रहेको उनले बताए ।
याे गीतमा राम कुमार कठरिया र सनिता चौधरीको स्वर रहेको छ भने मोडल विकास विक र पुजा ओलीको मुख्य भुमिका रहेको छ । गितको छायाङकन बाँकेको कोहलपुर, चन्नहवा, बनकटवामा गरिएको छ भने आर. के.सी. डिजिटल स्टुडियो पिपरी कोहलपुरका व्यानरमा निर्माण भएको म्युजिक भिडियोको छायाङकन रामु चौधरीले गरेका छन् । गित एक हप्ता भित्रै बजारमा आउने निर्माण पक्षले जनँएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।