- सुमन कार्की
साउन,१० पाल्पा । रोमा न्यौपाने नाम (एउटा खुट्टाले डान्स गर्ने कलाकार) भन्ने वितिकै पछिल्लो समय नसुन्ने र नचिन्ने सायद कमै होलान्।
पछिल्लो समय चर्चामा आएकी इटहरीकी चेली रोमा हाल काठमाण्डौका विभिन्न स्टेज कार्यक्रमहरुमा नृत्यांगनाकाे रुपमा देखिंदै आएकी छिन् । कडा मेहेनत, हिम्मत र हौसलाले गर्दा रोमा एउटा खुट्टाले नाचेरै १६ वटा विभिन्न देश र नेपालको अधिकांश ठाँउमा पुगी सकेको बताउँछिन् ।बुवा स्व. सत्य प्रकाश न्यौपाने र बृन्दा न्यौपानेको कोखबाट जन्मिएकी रोमाको ८ बर्षको उमेर हुँदा स्कूल जाने क्रममा सवारी दुर्घटनामा परी खुट्टा गुमेको हो ।
सानैमा एउटा खुट्टा गुमाएपनि सवैको साथ, सहयोग, र हौसलाले आज यँहा सम्म आइपुगेको उनको भनाई रहेको छ । सानैदेखि नाचमा रुचि राख्ने भएकोले गर्दा नै अहिले आएर एउटा खुट्टाले नाचेरै भएपनि संसार भरि आफुलाई चिनाउन सफल बनेकी छन् ।
नाचबाटै उनले आफ्नो जीवीकोर्पाजन गर्दे आइरहेकी छिन् । नेपाल भित्र तथा देश बाहिर हुने विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा उनलाई कलाकारको रुपमा निमन्त्रणा गरिने गरेको र त्यसबापत आएको पारिश्रमिकले जिवन चलिरहेकोे बताउँछिन् रोमा । रोमाले नृत्यवाहेक धेरै नै म्यूजिक भिडियो साथै टेलिसिरियलहरुमा समेत आफ्नो सशक्त अभिनय दिइसकेकी छिन् ।
कडा मेहनत, लगनशिलताले गर्दा नै मानिसलाई अगाडी बढाउँछ भन्ने राम्रो उदाहरण बनेकी छन् रोमा न्यौपाने ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।