काठमाडौं । पछिल्लो समय प्रविधि र विज्ञानको विकाससंगै ५ वर्षका बच्चादेखि ८० वर्षका वृद्ध र वृद्धाको हातमा इन्टरनेट आइपुगेको छ । इन्टरनेको पहुँचले सबैलाई सूचना आदान प्रदान गर्न सहज भएको छ । सबैको घर घरमा इन्टरनेट जडान गरी विश्वमा के भइरहेको छ भन्ने विषयमा घरमा नै बसेर थाहा पाउन सहज भएको छ ।
इन्टरनेको माध्यमबाट विश्वमा भइरहेको घटनाहरुलाई हेर्न र सुन्न सकिन्छ जुन सकरात्मक पक्षहो । तर यो दिनहँु असुरक्षित पनि बन्दै गएको छ । असुरक्षित पाटोलाई भने भएपनि नभए जस्तो, देखे पनि नदेखे जस्तो गर्दै आएको छ आम प्रयोगकर्ताहरु । यही क्रममा पछिल्लो समय केही भिडियो, शब्द र तस्वीरहरु विवादिद बन्दै आएको छ । यसको एक ज्वलन्त उदाहरण हो, एक युवक युट्वुबरले फिल्मको रिभ्यु गर्दा जे चलान भएको घटना । मेमे नेपाल युट्युवका प्रनेश गौतमले एक फिल्ममको रिभ्यु गरेका थिए । उनले नेपालीहरुले रिस उठ्दाको समयमा प्रयोग गर्ने शब्दहरुको प्रयोग गरेका थिए । जुन शब्दहरु प्रोफेशनल रुपमा प्रयोग गर्न अनुमति हुँदैन ।
गौतमका अनुसार उनलाई नेपालको कानूनमा उक्त शब्दहरु प्रयोग गर्न मिल्ने नमिल्ने बारेमा थाहा नभएको बताउँदै व्यक्तिहरुले रियल जीवनमा सामान्य रुपले प्रयोगमा आउने शब्दहरुको प्रयोग गरेको जिकिर गरेका छन् । अहिलेका पुस्ताहरुले उक्त शब्दहरु खुले आम प्रयोग गरिरहेको भटिन्छ । जुन गलत हो ।
नयाँ पुस्ताहरुलाई कुनै पनि कुराको दायरा हुन्छ र उक्त दायरा पार गर्न कानूनले दिदैन भन्ने कुरा थाहा हुन जरुरी छ । गौतमले समाजले वा कानूनले रोक लगाइएका शब्दहरुको प्रयोग गरेकोको कारण जेल सजाय समेत भोग्नु परेको थियो । गौतमसंग नियमित प्रस्तुति ६ प्रश्नमा टिभी जर्नलिष्ट स्मृति मल्लले गरेको कुराकानीको विस्तृत ( भिडियोमा )
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।