काठमाडौं । तिज आयो कि चर्चामा आउने गायिकामा गनिन्छिन् कोमल वली । उनको गीतले समाजलाई यसरी बाँधेर अघि बढ्छ जहाँ विकृतिमाथि व्यङ्ग पनि हुन्छ, महिलाहरुको पीडा र पुकार पनि सुनिन्छ र समाजले महिलालाई हेर्ने दृष्टिकोणमाथि पनि गतिलो व्यङ्गवाण पनि हुन्छ ।
हुनत कोमल वलीको परिचय गायनमा मात्र जोड्दा उनीमाथि अन्याय हुन्छ पनि । उनी एक सञ्चारकर्मी पनि हुन् भने अहिले राष्ट्रिय सभाको सदस्य पनि । यसअर्थमा उनको परिचय अब राजनीतिसंग पनि गहिरिएर जोडिएको छ । तर समाजले पहिला उनलाई सम्मान गर्दा एक सफल गायिकाको रुपमा नै गर्ने गर्छ ।
यसबर्षको तिजको अवसर पारेर उनले गीत छड्के तिलारीे बजारमा ल्याएकी छिन् । हरेक बर्षको तिजमा धेरै गीत गाउँदै नाच्ने वली पछिल्ला केही वर्षदेखि भने गायन क्षेत्रमा कम देखिन थालेकी छन् । वली आफै स्वीकार्छिन् आफूले धेरै गीतहरु ल्याउन नसकेको पक्षलाई । आफ्नो स्वास्थय ठीक नभएको कारण गीतहरु गर्न नसकेको उनको भनाइ छ । उनी भन्छिन, ‘गीत गाउन धेरै गायक गायिकाहरु आएका थिए तर मैल र मेरो बहिनीले भने एउटा मात्र गीत गाएका छौँ ।’
वली आफूले गीतहरु बजार र समाजमा नल्याउँदा सामाजिक सञ्जाल, मोबाइलमा दर्शकहरुले किन गीत नल्याएको भनेर म्यासेज गर्ने र फोन गर्ने गरेको बताउँछिन् । दर्शकहरु आफ्नो गीतलाई कुरिरहने गरेको कारण नै आफूले गीतलाई निरन्तरता दिइरहेकी उनको भनाइ छ । वली भन्छिन् , ‘आफूमा राजनीतिको पनि रुची भएको कारण प्रवेश गर्ने अनुकुल समय कुरिरहेको अवस्थामा त्यो चाही यो बेला ठ्याक्का मिल्यो र त्यसपछि सबै कुरा छोडेर राजनीतिमा लागे ।’
न्यूज २४ को नियमित प्रस्तुति ६ प्रश्नमा टिभी जर्नलिष्ट अञ्जुला बानियाँले वलीसंग गरेको कुराकानी विस्तृतमा (भिडियो)
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।