
- भगतराम थारु
नेपालगन्ज । ‘लैला मजनु’ बोलको थारु म्युजिक भिडियो शनिवार सार्वजनिक भएको छ । गोचाली मिडियाको युट्युब च्यानलबाट उक्त बोलको थारु म्युजिक भिडियो सार्वजनिक भएको हो ।
लैला मजनु बोलको गीतको छायाङकन काठमाडौँ भ्याली भित्र गरिएको लैला मजनुका कलाकार तथा मोडल महेश चौधरीले जानकारी दिनुभयो । लैला मजनु बोलको गीतमा गायक हिमाल चौधरी र गायिका गौरी चौधरीले स्वर दिनुभएको छ भने म्युजिकमा पुरन राजवंशीले साथ दिनुभएको छ ।
कबगीतमा भएको र्यापमा भने आरजे कुश्मीले साथ दिनुभएको छ । यस्तै लैला मजनुमा मोडल महेश चौधरी र मोडेलमा शर्मिला चौधरीले गर्नुभएको छ । गीतको छायाङकन तथा इडिटिङग विमल चौधरीले गर्नुभएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।